काठमाडौं, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले तिहार पर्वलाई शान्त, सभ्य र सांस्कृतिक ढंगले मनाउन नगर क्षेत्रका सबै नागरिकलाई आग्रह गरेका छन । नगरपालिकाको ४१ औं कार्यपालिका बैठकको निर्णय अनुसार देउसी–भैलो खेल्ने परम्परालाई संस्कृतिको जगेर्ना स्वरूप निरन्तरता दिँदै शान्त भएर यो पर्व मनाउन आग्रह गरेका हुन । गोकर्णेश्वर नगरपालिकाले मनोरञ्जनस्थल र मादक पदार्थ बिक्री–वितरण गर्ने पसलहरू राति ८ः०० बजेसम्म मात्र सञ्चालन गर्न सकिने निर्णय गरिएको हो। नगर प्रमुख दीपक रिसालले विज्ञप्ति जारी गर्दै हालको परिवर्तित राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी तिहारजस्ता चाडपर्वहरूमा सामाजिक शान्ति र सुरक्षालाई प्राथमिकता दिन सबैमा आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, प्रस्तुत विषयमा यस नगरपालिकाको ४१ औं कार्यपालिकाको बैठकको निर्णय अनुसार समुन्नत हालको विद्यमान परिवर्तित परिस्थितिमा घर आँगनमा आईतबारी २०८१ सालको महत्वपूर्ण चाडको शान्ति सुरक्षालाई मध्य नजर गर्दै संस्कृतिक जनजीव स्वरुप देउसी भैलो खेल्ने कार्य र यस नगर क्षेत्रभित्र सञ्चालनमा रहेका दोहोरी साँझ, डान्सबार, डिस्को, रेष्टुरेन्ट एवं मादक पदार्थ बिक्री वितरण गर्ने पसलहरू रातको ८ः०० बजे सम्म मात्र संचालन गर्नु भनि सूचित गराइन्छ र तिहारको अवसरमा पटका तथा बारुदजन्य पदार्थ पड्काउन÷प्रयोग गर्न आगो बाल्ने, धन धन लागाउँदा ध्वनि एवं बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस नगरपालिका क्षेत्र भित्र पटका तथा बारुदजन्य पदार्थ विक्री वितरण गर्न एवं नपड्काउन÷प्रयोग गर्नु सम्बन्धमा सबैलाई सूचित गराइन्छ।
साथै हाम्रो मौलिक संस्कृतिको झलकने देउसी भैलो कार्यक्रमको श्रद्धा दृष्टि राखी समयमै देखीएको आवाज एवं नमस्कार पठाईदिनुहुन अनुरोध छ। उक्त उत्कृष्ट सामूहिकलाई उचित सम्मान गरिने व्यहोरा समेत जानकारी गराइन्छ।
त्यस्तै, नगरपालिकाले हाम्रो मौलिक संस्कृति झल्कने देउसी–भैलोका श्रव्य–दृश्य सामग्रीहरू ह्वाट्सएप नम्बरमार्फत पठाइदिन नगरवासीहरूलाई आग्रह गरेको छ। पठाइएका उत्कृष्ट सामग्रीलाई नगरपालिकाद्वारा उचित सम्मान गरिने जनाएको छ। गोकर्णेश्वर नगरपालिकाले यस वर्षको तिहार उत्सव शान्तिपूर्ण र संस्कृतिप्रेमी वातावरणमा मनाउन सबै पक्षलाई सहकार्य र संयमका साथ अघि बढ्न आग्रह गरेको छ ।
