Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एआईजी कार्कीः जसले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरी मुद्दा चलाए, जेलबाट फरार हुनेवित्तिकै फेरि पक्राउ गरे

एआईजी कार्कीः जसले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरी मुद्दा चलाए, जेलबाट फरार हुनेवित्तिकै फेरि पक्राउ गरे

काठमाडौं । 
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तद्वय केशव प्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । 

एआईजी दानबहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै काठमाडौं कारागारहरूबाट फरार भएका कैदी बन्दीहरूलाई खोजतलास गरी पक्राउ गर्न विशेष अभियान चलाएका थिए । सोही अभियान अन्तर्गत प्रहरी टोलीले भुटानी शरणार्थी प्रकरणका मुख्य नाइकेद्वय दुलाल र भण्डारीलाई पक्राउ गरेको हो । 

यसअघि, कार्की काठमाडौं प्रहरी परिसरको प्रमुख रहेका बेला भुटानी शरणार्थी प्रकरणमा दुलाल र भण्डारीसहितका अभियुक्तहरूलाई छानविन गरी अदालतमा मुद्दा चलाएका थिए । संयोग नै मान्नुपर्छ कार्की एआईजी बनेर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हाले लगत्तै दुलाल र भण्डारी पक्राउ परेका हुन ।

कारागारबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका अर्का अभियुक्त तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको पनि खोजतलास जारी रहेको छ । पाण्डेलाई पनि उपत्यका प्रहरीले छिट्टै पक्राउ गरी कारागात पठाउने तयारी गरेको छ ।