Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पदभारसँगै खनालको कडा निर्णय: टुक्रे योजना बन्द

पदभारसँगै खनालको कडा निर्णय: टुक्रे योजना बन्द

काठमाडौँ, नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। 
पदभार ग्रहणपछि मन्त्री खनालले आफूलाई माननीय भनेर सम्बोधन नगर्न आग्रह गर्दै सरल, उत्तरदायी र खर्च न्युनिकरणमा आधारित कार्यशैली अपनाउने प्रतिबद्धता जनाएका छन्।

पदभार ग्रहणसँगै मन्त्री खनालले पूर्व तयारीबिना अगाडि बढाइएका टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन्। उनका अनुसार वर्तमान सरकारको प्राथमिकता युवा रोजगारी, निर्वाचन सम्पन्नता र खर्च व्यवस्थापनमा केन्द्रित हुनेछ।

खनालले “अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो।” भन्दै यो आदेश जारी गरेका हुन् ।