Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुपन्देहीमा जेन–जी युवाको आक्रोश: पार्टी कार्यालय र बालकृष्ण खाँणको घरमा तोडफोड

रुपन्देहीमा जेन–जी युवाको आक्रोश: पार्टी कार्यालय र बालकृष्ण खाँणको घरमा तोडफोड

भैरहवा । रुपन्देही जिल्लामा जेन–जी युवाहरूको नेतृत्वमा भएको आन्दोलित प्रदर्शनले उग्र रूप लिँदै गएपछि प्रमुख राजनीतिक दलहरूको पार्टी कार्यालय र नेताहरूको घरहरूमा तोडफोड गरिएको छ। प्रदर्शनकारीहरूले तिलोत्तमा नगरपालिका र भैरहवा क्षेत्रका विभिन्न स्थानमा तोडफोड गरेका छन्। नेकपा ९एमाले० र नेपाली कांग्रेसको पार्टी कार्यालयमाथि आक्रमण गरी कागजातहरू च्यातिएको, झ्याल–ढोका तोडिएको र सम्पत्तिमा क्षति पुर्‍याइएको जनाइएको छ।

प्रदर्शनकारीहरू पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा–५ स्थित निजी निवासमा समेत आक्रमण प्रयास गर्दै पुगेका थिए। प्रहरीले उनीहरूलाई तितरबितर पार्न अश्रुग्यास प्रयोग गर्नु परेको थियो।


सुरक्षा संवेदनशीलता बढेसँगै जिल्ला प्रशासन कार्यालयले केही स्थानहरूमा निषेधाज्ञा जारी गर्ने तयारी गरिरहेको छ।