Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारद्वारा सामाजिक सञ्जालमा रोक, मेयर बालेनको प्रतिक्रिया: "फेसबुक बन्द गर्दा तनाव हुँदो रहेछ"

सरकारद्वारा सामाजिक सञ्जालमा रोक, मेयर बालेनको प्रतिक्रिया: "फेसबुक बन्द गर्दा तनाव हुँदो रहेछ"

काठमाडौं,सरकारले विभिन्न २६ वटा सामाजिक सञ्जालहरूमा रोक लगाउने निर्णयसँगै देशभर बहस चर्किएको छ। डिजिटल अभिव्यक्ति स्वतन्त्रताको सीमाबारे प्रश्न उठिरहेका बेला, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यसबारे सार्वजनिक रूपमा आफ्नो धारणा राखेका छन्।

सामाजिक सञ्जालमै सक्रिय रहँदै आएका मेयर शाहले फेसबुकमा लेखेका छन्, "फेसबुक बन्द गरेर नि तनाव हुँदो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए। बोलेको नसुन्ने भए! गाह्रो छ हामी जस्तो भाषण दिनेहरूलाई।"

सरकारको यो निर्णयसँगै सार्वजनिक अभिव्यक्ति, सूचनाको हक र डिजिटल सञ्चारमाध्यमको प्रयोगमाथि गम्भीर असर पर्ने चिन्ता विभिन्न क्षेत्रबाट व्यक्त भइरहेको छ। धेरैले यो निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासको रूपमा लिएका छन्।