Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतले नेपाललाई पराजित गर्दै U-17 महिला साफ च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक

भारतले नेपाललाई पराजित गर्दै U-17 महिला साफ च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक

काठमाडौँ । भारतले नेपाललाई ५–० ले हराउँदै भुटानमा जारी साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि एक खेल अगावै जितेको छ। यो भारतको लगातार तेस्रो (२०१८, २०१९, २०२५) उपाधि हो।

थिम्पुमा शुक्रबार साँझ भएको खेलमा नेपालमाथि प्रभावशाली जित निकाल्दै भारत प्रतियोगितामा अपराजित रह्यो। पाँच खेलबाट १५ अंक जोडेको भारत शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो।

बङ्गलादेश १० अंकसहित दोस्रो स्थानमा छ। उसले हिजो भुटानसँग बराबरी खेल्दै अंक बाँडेको थियो। अब अन्तिम खेलमा भारतले बङ्गलादेशसँग र नेपालले आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछन्।

नेपालले अहिलेसम्म पाँच खेलमा ३ अंक मात्रै जोडेको छ भने भुटानको एक अंक छ।