Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कैलाली कारागारमा झडप : छानबिन गर्न समिति बनाइयो घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार हुदै

कैलाली कारागारमा झडप : छानबिन गर्न समिति बनाइयो घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार हुदै

काठमाडौं । जिल्ला कारागार कैलालीमा भएको कुटपिटमा घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

गएराती कारागारमा कैदीबिच भएको झडप हुँदा झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको थियो । झडपमा गम्भीर घाइते भएका धनगढी उपमहानगर-४ का भरत चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौधरी लागुऔषध मुद्दाका कैदी थिए ।

त्यस्तै झडपमा ४७ जना घाइते भएका छन । घाइतेको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पताल भित्र जान समेत कडाइ गरेको छ ।

यसैबीच घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई १० भित्र छानबिन प्रतिवेदन बुझाउन समय दिइएको छ।