Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यति ठूलो उपाधि उचाल्ने गरि लोकदोहोरिको महाकुम्भ मेला हुदै,देशभरका कलाकारहरु बिचमा प्रतिस्पर्धा हुने

यति ठूलो उपाधि उचाल्ने गरि लोकदोहोरिको महाकुम्भ मेला हुदै,देशभरका कलाकारहरु बिचमा प्रतिस्पर्धा हुने

बिकास थापा ,

जेठ १२ ,काठमाण्डौ । अब फेरि एकपटक देशभरका लोकदोहोरि कलाकारहरुको महाकुम्भ मेला नै हुने भएका छ । गित संगितमा भबिष्य खोजिरहेका लोकदोहोरि क्षेत्रका पूर्बदेखी पश्चिम सम्मका कलाकारहरुको जम्काभेट हुने छ। जम्माभेट मात्र होईन ति कलाकारहरुमा एकआपसमा ठूलो धनराशीको उपाधि उचाल्ने गरि कडा प्रतिस्पर्धा पनि चल्ने छ । यहि जेठ २६,२७,२८ र ३१ मा लोकदोहोरीमय हुदै छ , बिबिटिएम राष्ट्रिय लोकदोहोरी आइडल २०८२ । नेपालीहरुको गौरवपूर्ण शान ,कला र संस्कृति हाम्रो पहिचान सहित नेपाली मौलिक कला संस्कृतिलाई संरक्षण गर्ने गरि नेपालमै पहिलो पटक हुन लागेको दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको लागि देशै भरी छरिएका दोहोरी साँझहरूबाट कलाकारहरू बिचमा प्रतिपस्पर्धा चल्ने भएको छ । सांस्कृतिक समाज नेपालको आयोजनामा यहि जेष्ठ २६, २७ र २८ मा नेपाल पुलिस क्लबको नयाँ हलमा दोहोरीगीत आइडलको प्रतिस्पर्धा चल्ने भएको छ ।

यो भब्य नया हलमा पहिलो पटक प्रतियोगिता हुन लागेको छ । यता आईडलको फाईनल जेठ ३१ म नगरकोट बतासे डाडा सनराज भ्यूपार्क शनिबार दिन हुने कार्यक्रम संयोजक चन्द्र शर्माले लालिगुराँस डटकमलाई दिएका छन । शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दोहोरी प्रतियोगितामा देशभरका दोहोरी साँझबाट गायक गायिका सहभागी हुन पाउने छन । यतिबेला प्रतियोगितमा भाग लिनका लागि प्रतिस्पर्धीहरुलाई जेठ २४ गतेसम्म आफनो दोहोरी साझ र आफनो ब्यक्तिग नाम नम्बर सहित फारम दर्ताका लागि कार्यक्रम ब्यवस्थापक तथा संस्थाका महासचिव अमृत खातीले जानकरी दिएका छन । कार्यक्रमको मूख्य प्रायोजकको रुपमा बिबिटिएम फाउन्डेशन रहेको छ । कार्यक्रमको अझ बिशेषता त के रहेको छ भने यस आईडलमा जित्नेले ठूलो धनराशीको उपाधी पाउने छन ।

सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीका अनुसार बिबिटिएम राष्ट्रिय दोहोरी आइडल विजेताले ३३ हजार ३३३ नगद र मोटरसाइकल प्राप्त गर्नेछन साथमा एउटा गितको अडियो रेकर्डिङ ,ट्रफि,मेडल र प्रमाणपत्र पाउने छन । भने दोस्रो हुनेले २२हजार २२२ नगद सहित स्कुटर पाउनेछन साथमा अडियो रेकर्डिङ ,ट्रफि,मेडल र प्रमाणपत्र पाउने छन ।  साथमा उत्कृष्ट गायक ,गायिका,नब गायक गायिका ,अनुशासित गायक गायिका ,उत्कृष्ट भेषभूषाका गायक गायिकालाई नगद ट्रफि,मेडल र प्रमाणपत्र दिईने अध्यक्ष अवस्थीले जानकारी दिएका छन ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यता बिबिटिएम राष्ट्रिय लोक दोहोरी गीत आइडल २०८२को मिडिया पार्टनरको रूपमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल रहेको छ । यसैबिच सांस्कृतिक समाज नेपालले यसअघि विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेका थियो । श्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव सांस्कृतिक समाज नेपालले राष्ट्रिय युवा मैत्री लोक दोहोरी प्रतियोगिता २०८१ ले पनि कला संस्कृतिलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।