Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायक सचिन भट्टराईको मौलिक गित “यु के लान्छु रेलीमै” दर्शक रोजाईमा

गायक सचिन भट्टराईको मौलिक गित “यु के लान्छु रेलीमै” दर्शक रोजाईमा

काठमाण्डौ ,बैशाख ९ । नेपाली सांगीतिक बजारमा चम्किदै गरेका गायक सचिन भट्टराईले मौलिक भाकामा “यु के लान्छु रेलीमै”बोलको गित बजारमा ल्याएका छन ।पछिल्लो समयकी चर्चित गायिका शान्ति श्री परियारको साथमा गायक सचिन भट्टराईले सांस्कृतिक र पारम्परिक भावनालाई समेट्दै नया गित बजारमा ल्याएका हुन ।

गीतका लय र शब्द पनि उनै गायक सचिन भट्टराई स्वयंले तयार गरेका हुन्, जसले गीतलाई अझ गहिरो भाव र मौलिकता प्रदान गरेको छ। समिप ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा सुनिल न्यौपाने, गरिमा शर्मा, सरोज पौडेल, भीमार्जुन ओली, निक्सन लोहनी, र रबिना पाण्डेले अभिनय गरेका छन्।

भिडियोको निर्देशन दिलिप समानले गरेका हुन्। सांस्कृतिक र पारम्परिक भावनालाई समेट्दै तयार पारिएको यो गीतले नेपाली जनजीवनको परिवेश झल्काउँछ। “यु के लान्छु रेलीमै” गीतले विशेषगरी नेपाली समुदायमा विदेश यात्रा, प्रेम, र सामाजिक परिवेशको यथार्थतालाई चित्रण गर्न खोजेको देखिन्छ।

यो गीतले नेपाली जनजीवनको परिवेश झल्काउँछ। “यु के लान्छु रेलीमै” गीतले विशेषगरी नेपाली समुदायमा विदेश यात्रा, प्रेम, र सामाजिक परिवेशको यथार्थतालाई चित्रण गर्न खोजेको देखिन्छ। गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

यता गायक भट्टराईका नक्कली कान्छी ,छड्के छाता ,बनमै स्याउला छ ,सुनका चुराले ,छाया सिसाको ,महंगो माया ,चोली ढाकाले लगाएतका थुप्रै गित बजारमा आएका छन । उनका अधिकांश गितलाई दर्शकश्रोताले निकै रुचाउदै छन । गायक भट्टराई प्रत्यक्ष लाईभ दोहोरीमा समेत सक्रिय बन्दै आएका छन ।

कलाकारिता क्षेत्रमा निकै सक्रिय हुदै आएका गायक भट्टराईले संगित पाठाशाला पनि सञ्चालन गर्दै आएका छन । काठमाण्डौको बालजुमा दिब्यश्रृती संगित पाठाशाला बिगत ७ बर्षदेखी सञ्चालन गर्दै आएका छन । जहा अनुभवी गुरुद्धारा संगित सिकाउदै आईएको छ ।

https://youtu.be/gCWcMKJe8Zc?si=xrJCqUAyJfP6Qgum