Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रमोद खरेलले गाएको गितमा समलिङ्गी महिलाको कथा,फिल्म हेरेजस्तै भिडियो

प्रमोद खरेलले गाएको गितमा समलिङ्गी महिलाको कथा,फिल्म हेरेजस्तै भिडियो

काठमाडौँ । नेपाली बजारमा अहिले एउटा यस्तो गित गायक प्रमोद खरेलले गाएका छन । जुन गितको भिडियोमा दुई समलिङिगी महिलाको कथालाई देखाईएको छ । निकै रोचक ढंगमा प्रस्तुत गरिएको भिडियोले सबैलाई अचम्मित जस्तो नै बनाएको छ । समलिङिगको प्रेम सम्बन्धलाई समाजमा खुल्ने र अस्तित्व सम्मानको कुरा गर्दै भिडियोमा रोचक दृ्श्य देखाईएको छ । नेपाली सांगीतिक बजारमा चम्किदै गरेका गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “पिडा“ बोलको गीतको भिडियोले सबैको ध्यान तानेको छ ।

कुनै फिल्म हेरे जस्तोे म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । समाज बाधा बनेको कुरा सम्वादमा भनिएको छ । हामीले पछिल्लो समयमा सुन्दै र देख्दै आएका छौ दुई पुरुष पुरुषको बिहे र महिला महिलाको बिहे भएको कुरा । यहा पनि यस्तै भएको छ ।यस पिडा गितमा पनि महिला महिला बिचको प्रेम कथालाई देखाईएको छ । अस्तित्व सबैको हुन्छ सबैको असित्व स्विकार्न पर्छ ।

मुनाल सिशिर कोइरालाको निर्देशन रहेको म्युजिक भिडियो मा, बिक्रम बुडाथोकि,कुसुम कुवार, तुलसि खड्काको अभिनय रहेको छ । भिडियोलाई काठमाडौँ र भक्तपुरको बिभिन रमणीय स्थानमा छायांकन गरेका हुन।भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् भने गीतको म्युजिक भिडियो लाई एनपि म्युजिक मिडियाको अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।