Shares
Shares
काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटाको पारपाचुके भएको छ । इलिना आपलैले सामाजीक सञ्जालमा यो विषयमा जानकारी दिएकी हुन् । उनले सामाजीक सञ्जालमा भाबुक स्ट्याटस समेत लेखेकी छिन् । उनले लेखेकी छिन्
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।
यता एलिना र विष्णुको औपचारिक रुपमा सम्बन्धविच्छेद भएको उनका दाई प्रलाद चौहानले सामाजीक सञ्जाल मार्फत जानकारी दिएका छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । उनीहरुको वैवाहिक सम्बन्ध ९ महिनामै पुर्णबिराम लागेकोछ । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् ।
लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएपछि छुट्टिने निर्णय गरेकी एलिनाले विष्णुविरुद्ध वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गराएकी थिईन । एलिना र अस्ट्रेलियामा रहेका पतिबीच सम्बन्ध बिग्रिएको चर्चा केही महिनादेखि चलिरहेको थियो । एलिना विवाहपश्चात् केहीसमय श्रीमानसँग अस्ट्रेलियामै बसिन् ।
विवाह पक्का भएपछि खबरहबसँग उनले अस्ट्रेलियामा आफ्नो हुनेवाला श्रीमानको व्यवसाय रहेको बताएकी थिइन् ।विवाहपछि उनी पनि उतै गएकी थिइन् । अस्ट्रेलियामा केही महिना बसेपछि उनी नेपाल फर्किइन् । गत असोजमा नेपाल फर्किएपछि आफू ओशो मार्गी बनेको उनले जानकारी दिएकी थिइन् । एलिना अहिलेकी व्यस्त गायिका हुन् । अहिले मेला महोत्सवको समय भएकाले त्यतै उनको व्यस्तता छ । तर, केहि दिन अगाडी गित गाउँदा गायँदै उनी स्टेजमै रोएकी थिईन । धोकेबाज गीतबाट अत्याधिक चर्चामा आएकी एलिनाको जिवन सोहि गीत जस्तै बनेको छ । गायीका ज्योति मगरले एक स्टाटस लेखे पछि एलिनाको सम्बन्धको रहस्य बाहिर आएको हो ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209