Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मोडल दुर्गेश थापाले फ्यानलाइ पैसा बाडेको भिडियो भाइरल, जताततै दुर्गेशकै चर्चा

मोडल दुर्गेश थापाले फ्यानलाइ पैसा बाडेको भिडियो भाइरल, जताततै दुर्गेशकै चर्चा

काठमाडौँ । आजभोली गायक दुर्गेश थापा स्टेजमा खोजीने कलाकारको सुचिमा टप मा नै पर्छन । त्यसमाथी दुश्मन हेरेको हेरै निकाले पछि दुर्गेशलाई खोज्ने कार्यक्रम सञ्चालकको होडबाजी नै छ । केहि समय संगित क्षेत्रमा निश्क्रिृय बनेका दुर्गेशको डिमाण्ड यति धेरै हाई छ कि महोत्सब सञ्चालक चर्को मुल्य तिररेर पनि बोलाउन पछि पर्दैनन् ।

यता कुस्मा, पर्वतको एउटा कार्यक्रममा फरक क्षमता भएका दुर्गेश थापाको एक जना समर्थक भेट्न आएपछि दुर्गेशले अङ्गालो हालेर भक्कानिएको भिडियो अहिले निकै चर्चामा छ भने भविष्यमा उनको उपचारको लागि आर्थिक सहायता चाहिएमा उनले सहयोग गर्ने बताएका छन् । उनले सामाजीक सञ्जालमा लेखेका छन् । जीवन उतार–चढावले भरिएको यात्रा हो। समयले मान्छेलाई परिवर्तन गर्छ, सिकाउँछ, मजबुत बनाउँछ। म पनि यस यात्राबाट गुज्रिँदै यहाँसम्म आइपुगेको छु। मैले मेरो जीवनमा धेरै दुःख भोगेको छु, त्यसैले अरूको पीडा देख्न मनले स्वीकार्न सक्दैन। जसको जहाँ जति सकिन्छ, सहयोग गर्ने प्रयास गर्छु, किनभने मेरो हृदयले सधै यही भन्छ—दुःखमा परेको मान्छेलाई साथ दिनु नै साँचो मानवता हो। उनले भनेका छन् । दुर्गेशले गायक सागर थापा क्षेत्रीलाई पनि कृतिम हात राख्न अभियान नै चलाएका थिए । उनले हरेक महोत्सबमा सागरलाई लिएर जाने गरेका छन् । त्यसमा उनको लागी प्रशस्त सहयोग जुटिरहेको छ । आफ्ना समर्थकहरू सँग देखाउने सरल व्यवहारको कारण अचेल सामाजिक सञ्जालमा उनको प्रशंसक पनि धेरै देखिन्छन् ।

आजभोली उनले धेरैलाई सहयोग पनि गर्दै आएका छन् । युवा र किशोर पुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुलेका छन् । २०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौँ पुग्दा उनीसँग केबल एउटा सपना थियो, मोडल बन्ने । समयक्रममा उनी अभिनय हुँदै गायनतिर डोरिए । गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटक राजधानी छिरेका उनको अपरिचित सहरमा सङ्घर्ष सुरु भयो । बिचमा केहि समय उनको जिवनमा उतार चढाब आईरहयो । उनले धेरै स्टेजका कार्यक्रममा जान थालेका छन् । यता दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हे¥यै’ले अहिले सामाजिक संजालमा चर्चा बटुलेको छ । टिकटक र रिल्समा मात्र होइन, यो गीतले युट्युवमा पनि लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । युट्युवको पछिल्लो तथ्यांक हेर्दा, यसले अघिल्ला हिट गीतलाई समेत उछिनेर शीर्षस्थानमा कायम राखेको छ । सन् २०२५ को पहिलो महिना जनवरीको पछिल्लो साता ९३० जनवरी०सम्मको डेटा हेर्दा एकै सातामा यो गीतलाई २७ लाख ६० हजार पटक हेरिएको छ । यो गीत फेब्रुअरी सुरु भएसँगै युट्युव चार्टको शीर्षस्थानमा समेत उक्लिएको छ ।