Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लगनगाँठो कस्दै मेलिना राई

लगनगाँठो कस्दै मेलिना राई

काठमाडौँ । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका गुरुङ थरका युवकसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् ।

स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो । केही समयअघि राईलेले सामाजिक सञ्जाल मार्फत प्रेमी सञ्जिब बराइलीसँगको तस्बिर पोस्ट गर्दै विवाहको तयारीमा रहेको जानकारी दिएकी थिईन ।

तर, पछि उनी संगको सम्बन्ध तोडिएको थियो । अहिले भने उनले बिबाह गर्न लागेकी हुन् । मेलिनाले १२ वर्षको उमेरमै पहिलो गीत रेकर्ड गराएका थिइन् । आफ्नै बुबाको शब्द रचना तथा संगीत रहेको गीत ‘हिमालको काखमा छ मेरो सुन्दर देश’मा स्वर दिने मौका पाएकी थिइन् । गीतमा मेलिनासहित ७ जनाको स्वर थियो । त्यसपछि ०६५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत गायन प्रतियोगितामा मेलिना राई प्रथम भइन् ।

त्यसपछि झण्डै ७ वर्षसम्म गीतको कोरसमा आवाज दिइन् । तर, उनी कोरसमा मात्र सीमित भइनन् । फाट्टफुट्ट सोलो गीत रेकर्ड गराउन थालिन् । बेलाबेला अग्रज कलाकारहरुका साथमा स्टेज चढ्ने अवसर पाइन् । कोरस र फाटफुट गीतहरु रेकर्ड गराइरहेकी मेलिनाले ताराप्रकाश लिम्बुको चिनजानबाट चलचित्र ‘नोभेम्बर रेन’को गीत ‘पल भर मै खुसी’ गाउने अवसर पाइन् । गीत एकदमै हिट पनि भयो । यो उनको पाश्र्व गायनमा डेब्यु गीत थियो ।

त्यसपछि मेलिनाले ताराप्रकाशसँगै मिलेर कलेक्सन एल्बमका गीतहरुमा पनि स्वर दिन थालिन् । त्यही क्रममा वसन्त सापकोटाको संगीतमा पनि एक गीत तयार भयो । त्यहीँबाट मेलिना र वसन्तको चिनजान भयो । उनीहरुको सहकार्यमा ‘कम्मरमाथि पटुकी’ बोलको गीत तयार भयो । यो गीतले भने मेलिन हिट भइन् । मेलिना राई नेपाली पप र आधुनिक गायिका हुन्। मेलिना राई पछिल्ला समयमी नेपाली गीत सङ्गीत क्षेत्रमी एक लोकप्रिय रे चर्चित नाम हो। तिमिले बाटो फेरेउरे , अर्कैलाई हेरेउरे,आसुँ पुछ्ने रुमाल , तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ,पिरतीको डोरी , पत्थर झैं रैछ तिम्रो मुट,

सोह्र पुगी सत्रमा लगायत निकै हिट गित छन् । उनले यस अगाडी चर्चीत र्यालिटी सो भोईस अफ किड्समा जजको रुपमा काम गरेकी छिन् भने भोली बाट सुरु हुने भोईस अफनेपाल सिजन ६ को पनि उनी जज हुन् । उनको भोली नै बिबाह हुदै छ भने भोलीबाटै भोईस अफ नेपाल सिजन ६ सुरु हुदै छ ।