काठमाडौँ । फिल्म ’महाराजधिराज’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ। शीर्ष भूमिकामा पल शाहलाई लिएर निर्देशक परिच्छेद सेनले नयाँ फिल्म ‘महाराजधिराज’को घोषणा गरेका हुन् । आज सार्वजनिक टिजर पोस्टरमा अभिनेता शाहका दुई क्यारेक्टर लुक्स देख्न सकिन्छ । सामाजिक संजालबाट उनीहरूले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । जसअनुसार, यो फिल्म आगामी दशैंको फूलपातिमा रिलिज हुने जनाइएको छ ।
पोस्टरमा दुइटा पात्र देखिएका छन्। एकजना राजर्षी पहिरनमा रहेको देखिन्छन् भने अर्को पात्रलाई ’न्युड’ अवस्थामा प्रस्तुत गरिएको छ। राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्दछ। उनको अगाडि कुर्सीमा नग्न व्यक्ति देखिन्छन्।साामजीक सञ्जाल मार्फत नायक पल साहले आजको दिन आफ्ना लागी बिशेष भएको बताएका छन् । उनले सामाजीक सञ्जालमा लेखेका छन् । अनेकौं समस्या म देख्छु जगतमा,छ कि दोष हाम्रो यो आफ्नै रगतमा।आजको दिन मेरो लागि विशेष छ। म मेरो एघारौं चलचित्र “महाराजधिराज“ को पहिलो झलक सार्वजनिक गर्दैछु।मेरा अघिल्ला चलचित्रले म प्रति थोरै भए पनि तपाईंहरूको माया र विश्वास देखाएको छ्न । जसले मलाई यो नयाँ यात्रा सुरु गर्न प्रेरित ग¥यो । हामी र हाम्रो टिम फेरि एउटा गहिरो कथा पस्किने प्रयास गर्दैछौं, जसले तपाईंहरूको हृदयको गहिराइसम्म छुनेछ। भनिन्छ जीवन एउटा उपहार हो, तर मान्छेहरुले यसलाई कहिलेकाहीँ सजाय बनाईदिन्छ्न ।
यो चलचित्र केवल एउटा कथा होइन । यो त बाँचेर पनि पटक–पटक मर्न बाध्य पार्ने यो समाज र सत्ता दुवैको अँध्यारो मानसिकताको प्रतिबिम्ब हो । संसारको क्रुरता भित्रको अन्यायपूर्ण संरचनाको ऐना हो । यो त सपना, संघर्ष र भावनाको एउटा जीवन यात्रा हो। यो आत्माको अभिव्यक्ति र हृदयको भाषा हो।
धेरै तयारीपछि अन्ततः यो यात्रा सुरु भएको छ। तपाईं सबैलाई यस यात्रामा सामेल हुन विनम्र निमन्त्रणा गर्दछु। तपाईंहरूको माया, साथ र प्रेरणाले हाम्रो यस यात्रालाई सार्थक बनाउनेछ। तपाईंहरूको साथको आवश्यकता पहिलेभन्दा अझै अझ बढी छ ।
वर्ष २०८२ को बडादशैंमा भेट्ने वाचा सहित।।।उनले सामाजीक सञ्जालमा लेखेका छन् । यता निर्देशक सेनले लेखेका छन्, ‘धेरै तयारीपछि अन्ततः यो यात्रा सुरु भएको छ। । तपाईं सबैलाई यस यात्रामा सामेल हुन विनम्र निमन्त्रणा गर्दछु । तपाईंहरूको माया, साथ र प्रेरणाले हाम्रो यस यात्रालाई सार्थक बनाउनेछ । तपाईंहरूको साथको आवश्यकता पहिलेभन्दा अझै अझ बढी छ ।’ फिल्म कहिलेदेखि छायांकन हुने त्यो खुलाइएको छैन । पोस्टरअनुसार यो फिल्मको पटकथाकार र निर्देशकको रुपमा सेन छन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा यसलाई टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्काले निर्माण गर्न लागेका हुन् । प्रस्तुतकर्तामा विराज विष्ट छन् ।
