Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस सांसद डा. सुनीलकुमार शर्माको स्वास्थ्य टोलीले भक्तपुरमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

कांग्रेस सांसद डा. सुनीलकुमार शर्माको स्वास्थ्य टोलीले भक्तपुरमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका २ मा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नम्बर २ को आयोजनामा स्वास्थ्य केन्द्रको भवनमा भएको स्वास्थ्य शिविरमा ६९५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ७२ जनाको ल्याब परीक्षण, ६८ जनाको ईसीजी, ९० जनाको भिडियो एक्सरे गरिएको थियो । २८ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ । डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।