Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यी २० वटा हलबाट उतारियो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’

यी २० वटा हलबाट उतारियो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’

 

काठमाडौँ । पछिल्लो समयमा निकै चर्चामा रहेको र इतिहास रच्न सफल चलचित्र हो ‘पूर्ण बहादुरको सारङ्गी’ । यो चलचित्रलाई अहिले पनि दर्शकको राम्रो साथ र उच्च अकुपेन्सी पाईरहे पनि उक्त चलचित्रलाई देशका केही सिनेमा हलबाट उतारिने भएको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र हाउसफूल चलिरहेपनि केही हलहरुबाट भने उतारिने भएको सेभेन सिस सिनेमा परिवारले एक विज्ञप्ति जारी गर्दै आजबाट २० हलबाट चलचित्र उतारिने जनाएको छ ।

केही सिनेमा घरहरूले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ हाउसफूल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माणपक्षलाई ग्रसकलेक्सन रकमको रिपोर्ट उपलब्ध गराए पछि निर्माण पक्ष उक्त रिपोर्टप्रति असहमती जनाउँदै आज मंसिर १ गते अर्थात आजबबाट देशका विभिन्न २० हलबाट सिनेमा उतार्ने निर्णयले दर्शकमा पर्न गएक असुविधाप्रति क्षमा मागेको छ । साथै सिनेमा हेर्न इच्छुक दर्शकले नजिकैको अर्को हलमा गएर हेरिदिन पनि आग्रह गरेको छ । शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले बिराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिना हल, गोरखाको गोरखा हल, वर्दिवासको वर्दिवास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपक हलमा फिल्म उतार्ने निर्णय गरेका छन् ।

बुटवलको द्धारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेस्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशुली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमुत्री हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलमा पनि उतार्ने जनाइएको छ । ती हलमा फिल्म हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि र निर्माता ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराएपनि उक्त रिपोर्टमा असहमति जनाउँदै शनिबारदेखि फिल्म उतार्ने निर्णय भएको विज्ञप्तिमा बताईएको छ ।