बिकास थापा
कात्तिक०९, काठमाडौँ–
ईन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४’ यसबर्ष पनि भारतको नयाँ दिल्लीमा भब्य रुपमा हुने भएको छ । सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसबर्ष पनि अवार्ड कार्यक्रम हुन लागेको हो । अवार्ड कार्यक्रमको लागि अहिले मनोनयन फारम खुल्ला गरिएको छ। मनोनयन फारम शुल्क एक हजार रुपैया रहेको छ । काठमाडौंमा नभएकाहरुले अवार्डको लागि ईसेवाबाट फारम शुल्क बुझाई भर्न सकिने ब्यवस्था सहित फारम खुल्ला गरिएको हो ।
सो अवार्ड कार्यक्रममा बिभिन्न ३३ विधामा अवार्ड बितरण गरिने छ भने सांगीतिक क्षेत्रमा योग्दान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिने आयोजक कमिटीकी अध्यक्ष चर्चित गायिका जमुना राना मगरले जानकारी गराएकी छिन् । साथै यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा हुने छ भने अवार्डको फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा हुने भएको हो ।
अवार्डका बिधाहरूमा राष्ट्रिय भावको गीत ,सर्वोत्कृष्ट लोक दोहोरी गीत , सर्वोत्कृष्ट एकल लोकगीत गायक÷गायिका, सर्वोत्कृष्ट मौलिक गीत गायक÷गायिका , सर्वोत्कृष्ट गायक , सर्वोत्कृष्ट गायिका , सर्वोत्कृष्ट भाका , सर्वोत्कृष्ट शब्द रचनाकार , सर्वोत्कृष्ट नव गायक लगाएत गित संगितको क्षेत्रमा रहेका सर्वोत्कृष्ट कलाकारहरुको लागि राखिएको छ । मंसिर महिना भित्र उत्कृष्ट ५ को घोषणा गर्ने गरि अहिले फारम खुल्ला गरिएको सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाले जानकारी गराएकी छन ।
जनवरी २६ गते अर्थाथ माघ १३ गते भारतमै ख्याति प्राप्त कलाकारहरुको बिचमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । भने जनवरी २७ अर्थात माघ १४ गते ईन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४ को अवार्ड बिशेष कार्यक्रम हुने कार्यक्रम संयोजक कुमार थापाले बताएका छन । संगीतप्रतिको योगदानलाई विभिन्न विधामा वर्गीकरण गरी पुरस्कृत गर्ने र यस क्षेत्रमा निरन्तर क्रियाशील वरिष्टतम् गीत संगीतकर्मी श्रष्टा एवम् प्रस्तोताहरुलाई सम्मान गर्नका लागि नेपाली गीत संगीतकै इतिहासमा यो दोस्रो ईन्डो–नेपाल सूजन म्यूजिक अवार्ड–२०८१ को कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्यले वि.स. २०७० सालमा स्थापना भएको यस सुजन म्यूजिक प्रा.लि. नेपाली गित, संगीतको क्षेत्रमा क्रियाशिल नेपालको सकृय म्युजिक उत्पादक संस्था ही । नेपाली गीत संगीतको उत्पादन तथा प्रकाशनको गौरवमय यात्रामा थुप्रै गीतसंगीतकर्मीसंग सहकार्य गर्दै गीत संगीतका सैयौं रचनाहरु भौतिक तथा डिजिटल प्रविधिमा प्रकाशन गरी नेपाली तथा अन्य भाषाभाषीका गीत संगीतको क्षेत्रमा यस संस्थाले छुट्टै योगदानका साथ पहिचान बनाउन सफल भएको छ ।
यस्तो खालको कार्यक्रमले नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज श्रष्टाहरुलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशिल गीतकार, संगीतकार तथा गायक गायिकाका अतिरिक्त म्युजिक भिडियो निर्माण कार्यमा क्रियाशिल म्यूजिक भिडियो निर्देशक, स्युजिक भिडियो मोडल, विभिन्न क्षेत्रीय गीत सगीत, बाल प्रतिभा, राष्ट्रिय गीत लगायतका विभिन्न विधामा क्रियाशिल व्यक्तित्वलाई हौसल पुग्नुका साथै नेपाली गीत संगीतको बिभिन्न विधामा भारत तथा नेपालमा क्रियाशील गीत संगीतकर्मीहरुको सहकार्यलाई प्रोत्साहन हुने बिश्वास राखिएको छ । कार्यक्रमको बारेमा विस्तृत जानकारीको लागी ९८४१७६६९१८ मा सम्पर्क गर्न सकिने छ । आयोजक कमिटीको अध्यक्ष जमुना राना मगर रहेकी छिन् भने संयोजकको रुपमा कुमार थापा रहेका छन् ।