Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली क्रीकेटरहरु आज किनबेच हुने दिन,यस्तोछ एक जना खेलाडिकै मुल्य

नेपाली क्रीकेटरहरु आज किनबेच हुने दिन,यस्तोछ एक जना खेलाडिकै मुल्य

काठमाडौं ।नेपाल प्रिमियर लिग ९एनपीएल० को खेलाडी अक्सन आज हुदै छ । नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार आज दिउँसो २ बजेदेखि एनपीएलको खेलाडी अक्सन हुने भएको छ। क्यानले यसअघि कुल ४२६ दर्ताबाट अक्सनलाई १४२ खेलाडीको सूचि सार्वजनिक गरेको थियो । जसमा ए ग्रेडका २७, ग्रेड बी मा ३८ र ग्रेड सी मा ७७ खेलाडी छन् । तर सर्ट लिष्टमा केही खेलाडी छुटेको हुँदा थपिने नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काले जानकारी दिएका छन् ।

एनपीएलमा सहभागी ८ टोलीका सबै मार्की खेलाडी नेपाली टोलीसँगै क्यानडामा छन् । उक्त अक्सनबाट प्रत्येक टीमले १० खेलाडी किन्नेछन् । १० खेलाडीका लागि प्रत्येक टोलीले अधिकतम ९० लाख खर्च गर्न पाउनेछन् । त्यसमा पनि ग्रेड ‘ए’ र ‘सी’ का ३–३ र ग्रेड ‘बी’ का ४ खेलाडी किन्नुपर्ने हुन्छ । ग्रेड ‘ए’का खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मुल्य १५ लाख तोकिएको छ । ग्रेड ‘बी’ का खेलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम मूल्य १० लाख राखिएको छ ।

ग्रेड ‘सी’ का खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निर्धारण गरिएको छ । कुनै पनि ग्रेडमा अधिकतम मूल्यमा दुई वा सोभन्दा बढी टोलीले इच्छा व्यक्त गरेको खण्डमा भने गोला प्रथाबाट टोलीको टुंगो लाग्नेछ । ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ बाट ७७ खेलाडी अक्सनका लागी छनोट भएका छन् । ग्रेड ‘ए’ र ‘सी’ बाट समान २४–२४ र ग्रेड ‘बी’ बाट ३२ खेलाडी बिक्री हुनेछन् । क्यानका सचिव पारस खड्काका अनुसार १४२ जना खेलाडीकै नाम एउटै बट्टामा राखिनेछ । जुन नाम आउँछ। सोहिअनुसार किनबेच सुरु हुन्छ ।

प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने छ। चितवन राइनोजमा कुशल मल्ल, लुम्बिनी लायन्समा रोहित पौडेल, काठमाडौं गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, विराटनगर किंग्समा सन्दीप लामिछाने, जनकपुर रोयल्समा आसिफ शेख, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन्।