Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सांसद डा.सुनीलकुमार शर्माको स्वास्थ्य टोलीले चाँगुनारायण पुगेर गर्यो चार सय बिरामीको उपचार

सांसद डा.सुनीलकुमार शर्माको स्वास्थ्य टोलीले चाँगुनारायण पुगेर गर्यो चार सय बिरामीको उपचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको चाँगुनारायणमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

चाँगुनारायण स्वास्थ्य चौकीमा भएको उक्त शिविरमा चार सय ५८ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिरामीमध्ये ४८ जनाको भिडियो एक्सरे, ४५ जनाको ईसीजी तथा ६८ जनाको ल्याब परीक्षण गरिएको थियो । १८ जनाको दाँत खोलिएको थियो भने ३८ बिरामीलाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।