Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुष्पकमल दाहाल प्रचण्डले अखिल नेपाल चेस एसोसिएसनको उद्घाटन आज नक्साल स्थित होटेल क्राउन प्लाजामा गर्दै ;

पुष्पकमल दाहाल प्रचण्डले अखिल नेपाल चेस एसोसिएसनको उद्घाटन आज नक्साल स्थित होटेल क्राउन प्लाजामा गर्दै ;

काठमाडौं । माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघको घटक संगठन अखिल नेपाल चेस एसोसिएसन को आयोजनामा असोज ९ र १० गते नक्साल स्थित होटेल क्राउन प्लाजामा संचालन हुँदैछ । क्यान्सरका कारण ५६ वर्षको उमेरमै निधन भएका एसोसिएसनका संस्थापक संयोजक सुजेन्द्रप्रसाद श्रेष्ठ को स्मृतिमा ७ वटा प्रदेशबाट छनौट भएका ४५ जना र सिडेट ५ जना गरि जम्मा ५० जना ५०ं भेट्रान खेलाडीको सहभागीता हुनेछ ।

आयोजकले खाना र बसोबास व्यवस्थापन गरेको प्रतियोगितामा पहिलोपटक सात प्रदेशभरि विभिन्न मितिमा प्रदेश स्तरीय च्याम्पियनसीप आयोजना गरि खेलाडी छनौट भएका थिए । आयोजकका अनुसार प्रथम हुनेले ट्रफी मेडल प्रमाणपत्र सहित नगद ३०,००० प्राप्त गर्नेछन् । दोस्रोले २०,००० र तेस्रोले १५००० र चौथोले १०,००० र पाचौंले ७००० र छैटौंदेखि दशौंसम्मले क्रमशः ५००० प्राप्त गर्नेछन् । एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान ५० वर्षमाथिका खेलाडीहरूको पहिलोपटक यति ठुलो संख्यामा प्रतिस्पर्धा हुन लागेको हो । एसोसिएसनका अध्यक्ष दिपेन राइका अनुसार च्याम्पियनसिपको उद्घाटन गणतन्त्र नेपालका संस्थापक प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचीव टंकलाल घिसिङ महासंघका अध्यक्ष शिव कोइराला ज्वाला लगायतको उपस्थिति हुनेछ । यसैगरी एसोसिएसनका सदस्य बबिदेवल पुनका अनुसार पहिलोपटक आयोजित भेट्रान च्याम्पियनसिपको अनुमानित लागत ७ लाख ५ हजार रहेको जानकारी दिए । उनका अनुसार च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रम २ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।