Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

युनिक समिर लामाको निर्देशनमा नविन पुलामी मगरको दशैँ गीत ’आयो दशैँ’ ले पायो चौतर्फी चर्चा

युनिक समिर लामाको निर्देशनमा नविन पुलामी मगरको दशैँ गीत ’आयो दशैँ’ ले पायो चौतर्फी चर्चा

नेपालीहरुको महान पर्व बडा दशैँको शुभकामना सहित दशैँ विशेष लोकभाका ‘आयो दशैँ’ सार्वजनिक गरिएको छ । रामेछाप जिल्ला स्थायी घर भएका गायक तथा कलाकारहरुको नयाँ दशैँ विशेष गित सांगितीक बजारमा आएको हो ।नविन पुलामी मगर,मंगल मगर र तुलसा सुनुवारको सुमधुर आवाज रहेको गितमा सरिता थापा मगरको शब्द रहेको छ । नविन पुलामी मगरको संगित रहेको गितमा घर छोडेर परदशीएकाहरु र घरदेशमा रहेका परिवारबिचको कुराकानीलाई समेटिएको छ ।

दशैँ आएपछि परदेशमा रहेकाहरु र घरमा भएकाहरुको भावनालाई शब्दमा समेटेर तयार पारिएको मनछुने लोकभाकाको भिडियो पनि निकै राम्रो बनेको छ । शुक्रबार दिपक सुनुवार नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको गितमा गेहेन्द्र राना मगर,सजिना आले,नविन पुलामी मगर,राम विपी मगर,कनैया रावत,बाल कलाकारहरु प्रितम र आयुषाको अभिनय रहेको छ ।

समिर लामा युनिकको निर्देशनमा बनेको भिडियो रुपेश राईले खिचेका छन् भने बिशाल नाथ योगीले सम्पान गरेका छन् । उक्त गीतमा परदेशमा रहेको श्रीमानलाई दशैंमा घर फर्कन अनुरोध गरेको छ । गीत यक्दमै मौलिक र समय सान्दर्भिक छ । हजारौ नेपाली दाजुभाईको कथालाई समेटेर गीत निर्माण गरिएको छ ।

गितको भिडियो हेर्न तल क्लिक गर्नुहोस् : 

https://youtu.be/Zi9Ar3UiH-o?si=gW8P1rRjYPjvgqlF