नेपालबाट एकै खेलमा ५ विकेट लिने र अर्धशतक बनाउने पहिलो खेलाडी बनेका गुलशन झाले बिश्वकिर्तिमान पनि कायम गर्न सफल भएका छन । आईसीसी विश्वकप लिग–२ मा नेपालले ओमानसँग हार ब्यहोरेपनि नेपालका युवा अलराउण्डर गुलशन झाले भने विश्व कीर्तिमान बनाएका हुन् । उनले दुई लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई समेत पछि पारेका छन । गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुका साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पारेका हुन् ।
उनले १८ वर्ष २१४ दिनमा उक्त सफलता हात पारे । यसअघि सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध बनाएको कीर्तिमान तोडिएको हो । पाकिस्तानकै शाहिद अफ्रिदीले २००० मा इंग्ल्यान्डविरुद्ध २० वर्ष २४० दिनमा उक्त सफलता हात पारेका थिए । वेस्टइण्डिजका क्रिस गेलले २००३ मा २३ वर्ष २५३ दिनमा अष्ट्रेलियाविरुद्ध तथा २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले २३ वर्ष २३३ दिनमा स्कटल्यान्ड एकै ओडीआई खेलमा ५ विकेट लिनुको साथै ५० माथि रन बनाएका थिए ।
गुलसन लिग–२ मा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने पहिलो खेलाडी पनि बनेका छन् । उनी ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने विश्वकै २४ औं खेलाडी हुन् ।यसअघि नेपालबाट ओडीआईमा एकै खेलमा ५ वा त्यो भन्दामाथि विकेट सन्दीप लामिछानेले र करण केसीले तीन तीन तथा सोमपाल कामी र ललित राजवंशीले १–१ पटक पूरा गरेका थिए । तर सोही खेलमा अर्धशतक भने कुनैपनि खेलाडीले बनाउन सकेका थिएनन् । ओमानविरुद्ध ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाउनुको साथै १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिएका थिए । हारका बाबजुद गुलशन खेलको प्लेयर अफ द म्याच चुनिए ।
२२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । खेलमा आक्रामक ब्याटिङ र बलिङ गरेका कारण प्लेयर अफ द म्यायको अवार्ड जितेका हुन् । लिगमा पाँचौं हार बेहोर्ने क्रममा नेपालले बिहीबार विहान क्यानडामा सकिएको खेलमा ओमानसँग १ विकेटको हार ब्यहो¥यो। नेपाल, ओमान र क्यानडाबीच जारी सिरिजमा नेपालले अघिल्लो खेलमा घरेलु टोलीसँग पनि हार बेहोरेको थियो।कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतक र अलराण्डर गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग–२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो
https://www.facebook.com/laligurashmedianetwork/videos/482888698059602