Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्दीप लामिछाने देखि रोहित सम्मनेपाल प्रिमियर लिगको मार्की प्लेयर, यस्तो तयारी ?

सन्दीप लामिछाने देखि रोहित सम्मनेपाल प्रिमियर लिगको मार्की प्लेयर, यस्तो तयारी ?

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपीएल० ले पहिलो संस्करणका लागि मार्की प्लेयर सार्वजनिक गरेको छ ।मंसिर १६ देखि पुस ६ गतेसम्म हुने प्रतियोगिताका लागी एनपीएलले शुक्रवार मार्की खेलाडी सार्वजनिक गरेको हो । मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन् ।

क्यानका प्रवक्ता छुम्मी लामाले एनपीएल कमिटीले मार्की खेलाडीको छनोट गरेको बताए। मार्की खेलाडीहरू कुन कुन फ्रेन्चाइजमा को को रहने भन्ने शनिवार निर्णय हुने छ। उनीहरूले प्राप्त गर्ने रकम पनि शनिवार नै थाहा हुने क्यान प्रवक्ता लामाले जानकारी दिए । यसअघि २०२२-२३ मा सम्पन्न विवादित नेपाल टी–२० लिगमा भने खेलाडी ड्राफ्टबाट छनोट गरिएको थियो । उक्त विवादित लिगको ड्राफ्टमा ए ग्रेडका खेलाडीलाई १५ लाख, बी ग्रेडका खेलाडीले १० लाख र सी ग्रेडका खेलाडीलाई ५ लाख मूल्य तोकिएको थियो ।उक्त नेपाल टी–२० लिग भने क्यानले ८ वर्षलाई भारतीय कम्पनी सेभेन थ्री स्टारलाई बेचेको थियो ।

त्यसैको कारण स्टप फिक्सिङ, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाउनु, आयोजक नै फिक्सिङको मुख्य योजनाकार हुनुलगायतका थुप्रै विवादै विवादमा सम्पन्न भएको थियो । नेपाल प्रिमियर लिग क्यान आफैंले आयोजना गर्नेछ । यसै साता ८ फ्रेन्चाइज टोलीको स्वामित्व १६ करोडमा बेचेको थियो । एनपिएलमा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले टिमका लागि गरेको लिलामी प्रक्रियामा टोलीको स्वामित्व टुङ्गो लागेको थियो । टिम पोखरा सबैभन्दा धेरै मूल्यमा बिक्री भएको छ । टिम पोखराको स्वामित्व तीन करोड ५७ लाखमा नेपाल टी–२० क्रिकेट प्रालीले पाएको छ । यस्तै टिम काठमाण्डौको स्वामित्व तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा कान्तिपुर पब्लिकेशन्स प्रालीले पाएको छ ।टिम जनकपुरको स्वामित्व दुई करोड पाँच लाख रुपैयाँमा ड्रिम स्पोर्ट्स प्रालीले पाएको छ ।

यस्तै टिम लुम्बिनीको स्वामित्व फर्चुना हेल्थ केयर प्रालीले एक करोड ८६ लाख चार रुपैयाँमा पाएको छ ।टिम चितवनको स्वामित्व एक करोड ७६ लाख एक हजार रुपैयाँमा चितवन मेडिकल कलेजले पाएको छ । यस्तै टिम सुदूरपश्चिमको स्वामित्व इम्पायर स्पोर्ट्स म्यानेजमेन्ट प्रालीले एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा पाएको छ ।टिम विराटनगरको स्वामित्व एमएडी ड्रिम्स स्र्पोट्स प्रालीले एक करोड ५१ लाख रुपैयाँमा स्वामित्व पाएको छ । यस्तै टिम कर्णाली सबैभन्दा कम मूल्यमा बिक्री भएको छ । टिम कर्णालीको स्वामित्व एक करोड ११ लाख ७० हजार रुपैयाँमा हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालीले पाएको छ ।