काठमाडौँ। विश्वकप लिग २ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिज खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीका खेलाडीहरुलाई बिदाई गरिएको छ । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीका सदस्य र ब्यवस्थापकलाई एक कार्यक्रमका बिचको बिदाइ गरिएको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ । नेपाल क्रिकेट संघ क्यानले बिजयीको कामना सहित खेलाडीहरुलाई सम्मान गरिएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान०ले आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिज खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा देव खनाल ‘ट्राभलिङ रिजर्भ’मा छन्। क्यानडामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो। त्यसपछि नेपालले त्रिकोणात्मक टी २० आई सिरिज पनि खेल्नेछ। नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग, सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ। त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ ।
अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ । क्यानडा भ्रमणका लागि क्यानले १६ सदस्सयीय टोली घोषणा गरिसकेको छ । क्यानडा र अमेरि भ्रमणका लागि जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ । नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी सहित देव खनाललाई ९ट्राभलिङ रिजर्भ०मा राखिएको छ । यता क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गर्दा विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर रिजन ढकालले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । तर, तीन प्रमुख खलाडीले स्थान बनाउन सकेनन ।
क्यानले क्यानडा भ्रमणमा आइसिसी विश्वकस लिग–२ सँगै त्रिकोणात्मक टी–२० आई सिरिजका लागि खेलाडी छनोट गर्दा सन्दीप जोरा, आकाश चन्द र सागर ढकाल बाहिर भएका हुन् । सन् २०२३ आइसिसी विश्वकप एकदिवसीय छनोटमा अर्जुनले आयरल्यान्डविरुद्ध अन्तिमपटक खेलेका थिए । लगभग एक वर्षपछि अर्जुनले टोलीमा स्थान बनाएका हुन् । विश्वकप लिग–२ अङ्कतालिकामा अहिले नेपाल छैटौं स्थानमा रहेको छ। प्रत्येक टोलीसँग समान २ खेल्ने प्रावधान रहेको छ । नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गरेको थियो ।