Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत, रमेश उप्रेतीदेखि प्रकाश सपुतसम्मको अभिनय

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत, रमेश उप्रेतीदेखि प्रकाश सपुतसम्मको अभिनय

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत 'फूलको वासना सरी' सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन्।

गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ। गायक राजेशपायल राई सहित मेलिना राई बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ। गीतको भिडियोमा चारजना कलाकारहरुले प्रहरीको भूमिकामा अभिनय गरेका छन्।रमेश उप्रेती, रमेश उप्रेती प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिसा पौडेललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ।

त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर बिष्टले गरेका छन्। गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ। श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायाङ्कन रहेको छ।

'यो गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ, गीतका गीतकार एवं प्रहरी प्रवक्ता कार्की भन्छन्,' 'यो गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ।'

Link- https://youtu.be/K10yDz-4D0s?si=B-p2bxCVf0GBoIFd