काठमाडौं । आफनो बुबाको विरासत पछ्याउँदै अभिनेता विराज भट्टका छोरा समीरले डेब्यु गरेको फिल्म हो १२ गाउ । बिराज भट्टले निर्देशन तथा निर्माण गरिरहेको फिल्म ‘१२ गाउँ’बाट छोरा समीरले डेब्यु गरेका छन । यतिबेला यहि १२ गाउँ फिल्मको पहिलो गीत दर्शक श्रोता माझ सार्वजनिक भएको छ । फिल्मको टीजरको अपार सफलता पछि पहिलो गित यतिबेला सार्वजनिक भएको हो । आजलाई समय मिलाउ ,सिनेमा हेर्न जाउ बोलको पहिलो गितमा नायक समिर भट्टको दमदार अभिनय सहित नृत्य हेर्न पाईन्छ ।
यता कतिपयले समिरको एक्सन राम्रो भएपनि नृत्य भने कमजोर रहेको भन्ने खालको हल्ला चलाईरहेको बेला पहिलो गितमा देखिएको उनको नृत्यले सबैलाई दंग पारेको छ । अब यो संगै समग्रमा हेर्दा फिल्ममा समिर भट्टले एउटै चर्चा र रेकड बनाउने छन भन्न बुझन सकिन्छ । यो गित हेरेपछि कमेन्टमा अधिकांशले समिरको नृत्यको तारिफ गरेका छन । बुढा सुब्बा डिजिटल युटुव च्यानलबाट सार्वजानिक भएको थियो । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भइरहेको एक्सन थ्रिलर फिल्म ’१२ गाउँ’ को फर्स्टलुक पोस्टरमा विराजका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत भएका छन । उनले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएका थिए। विराजले ’१२ गाउँ’ मार्फत नेपाली फिल्मको इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेको बताएका छन्।
यसले नेपाली फिल्मको एक्सनलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विश्वास समेत निर्देशक तथा अभिनेता भट्टको छ। फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन । फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर ९इकु०, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ। विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ।
फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ। यो फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्। फिल्मलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।