काठमाडौं । चचिर्त गायक एवम नायक प्रकाश सपुतको फिल्म ‘वसन्त’ को चर्चा फस्टलुक पोस्टर सार्वजनिक भएपछि दर्शकहरुमा झन उत्साह बढको छ । प्रकाश सपुतको निर्देशन रहने फिल्मको फस्टलुक पोस्टर हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको छ । । छायांकनका लागि स्वस्तिमा सहितका कलाकार बागलुङतर्फ जाँदैछन् । यहि अवसरमा प्रकाश सपुतले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन म जन्मदै समाजमा तहहरु थियो ।
सबैभन्दा माथील्लो तहमा शान्ती शर्माहरु, त्यसपछि प्रेम आर क्षेत्रीहरु अनि बिचमा सत्य बहादुर मगरहरु र सबैभन्दा तल पिधमा बसन्त बिक, सपना बिकहरु र पनि हामी बाच्यौ, उहि दुखसुख, उहि उकाली ओराली, उहि मेलापात, उहि स्कुल घर, उहि जन्ति मलामी, उहि बैश उमेर, उहि गित नाच , उहि युद्द आन्दोलन लगभग सबै उस्तै परिस्थितिमा , उस्तै गरि बाच्यौ । समाज प्रेमील थियो, गुणी थियो । तर एउटा विभेदको पर्खाल ले हामीलाई अलग राखि रहयो । एउटा गहिरो अपमान बोध गराईरहयो । हामी एउटै समाज मा भए पनि एउटै रेखामा हुन पाएनौ । तर यो पर्खालले बसन्त बिकहरुलाई मात्रै होईन शान्ती शर्माहरुलाई पनि अफ्ठ्यारो बनाईरहयो । सपना बिकहरुलाई मात्रै होईन प्रेम आर क्षेत्रीहरुलाई पनि प्रेम गर्न छेकिरहयो । चलचित्र बसन्त ले यिनै अफ्ठेरोहरु भन्ने छ ।
हाम्रो समाजको यिनै गुण अवगुणलाई सिनेम्याटिक अनुभव सहित देखाउने छ जिवनका न्युनतम सिद्दान्तहरु प्रेम, शान्ती, सपना र सत्यलाई बसन्तले बुन्ने छ । लौ हामी हिडियो है त चैत्र २२ गते तपाईहरु सम्म पुग्नु छ । सजिलो छैन किनकि यसपाली भारी अलि ठुलो छ ल राम्रै आईपुग्नु भनेर शुभकामना , शुभआशिष दिनुस न है भेटम्ला, कोसेली फुकाम्ला , गुन तिरम्ला केछर जिन्दकि । उनले लेखेका छन । पोस्टरमा फिल्मका प्रमुख ५ कलाकारको चरित्र चित्रण छ । कलाकारलाई विद्यार्थीको पोसाकमा देखाइएको छ । पोस्टरमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्गबहादुर पुन ९खबपु०को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ । फिल्मको निर्माण कम्पनी गलबन्दी प्रोडक्सन हो । कथा र सङ्गीत समेत सपुतकै रहने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली हुन् ।
केही अगाडि बागलुङकै कालिका मन्दिरमा शुभसाइत गरिएको फिल्मको छायाङ्कन शनिबारबाट सुरु हुने बताइन्छ । फिल्मको निर्देशन, कथा र संगीत पक्षमा सपुत छन् । गलबन्दी प्रोडक्सनका कार्यकारी प्रमुख दिल श्रीशका अनुसार फिल्मको छायांकन शनिबारदेखि बागलुङको धम्जादेखि सुरु हुँदैछ । त्यसअघि बागलुङकै कालिका मन्दिरमा फिल्मको शुभसाइत पूजाआजा हुँदैछ । फिल्मको प्रदर्शन आगामी चैत २२ गते तय गरिएको छ ।