काठमाडौँ, नारीहरुको महान चाड हरितालिका तिजलाई मध्यनजर गर्दै म्याग्दी कलाकार संघ काठमान्डौ नेपालले स्रस्टा सम्मान तथा सास्कृतिक कार्यक्रम बिशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ । म्याग्दी कलाकार संघ काठमाडौले विगतको वर्षमा झै यस वर्षमा पनि काठमाडौंमा हरितालिका तीजको पावन अवसरमा स्रष्टा सम्मान, दर खुवाउने तथा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो संस्थाका महासचिव तथा लोक तथा दोहोरी गायक राम गगनले बताएका छन ।

कार्यक्रममा युवा पुस्ताका लोकप्रिय गायक संस्थाका सचिव प्रकाश दुतराज, लोक दोहोरी गायक खड्गगरबुजा, लोक दोहोरी गायीका कृष्ण परियार, लाली बुढाथोकी, लोक दोहोरी गायक राम गगन, शोभा कार्की, अमृता श्रीपाल, निरुता पुन, लगायत दर्जन भन्दा बढी कलाकारको प्रस्तुती समेत रहेको थियो । 
यस्तै कार्यक्रममा म्याग्दी जिल्लाबाट निर्वाचित अन्य जनप्रतिनिधि राजनितिज्ञ, व्यवसायी तथा काठमाडौं बासी सम्पुर्ण म्याग्देलीहरुकासक्रिय रुपमा उत्साहाजनक सहभागितामा रहेकोसंस्थाको अध्यक्ष लाली बुढाथोकी बताएकी छन । म्याग्दी जिल्ला स्थायी ठेगाना घरभई काठमाडौँमा अस्थायी वा स्थायी रुपमा बसोबास गर्दै गित संगितको विभिन्न विधामा क्रियाशिल अग्रज तथा नवकलाकारहरुको आवद्धता रहेको यस म्याग्दी कलाकार संघ काठमाडौले म्याग्दी जिल्लाको पहिचानको रुपमा थालीनाच साथै दर्जनों मौलिक कला सँस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सम्मानित स्रष्टाको रुपमा संस्थाको संरक्षक वरिष्ठ लोक तथा दोहोरी गायक खड्ङ्ग गरबुजालाई र थाली नाचको श्रृजना तथा सर्जककर्ता हिरामाया पुन लाई सम्मान पनि गरिएको जनाईएको छ । यसैगरि म्याग्दी जिल्लामा खेलकुद क्षेत्रमा योगदान पुरÞ्याउने व्यक्तिलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा मुख्य प्रायोजकको रुपमा के. एम. कोरियन ल्याङ्वेज गोगंबु र सहप्रायोजकमा सेवा नेपाल, माछापोखरी रहेको थिए । गायिका मिना गरौजा स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन राम गगनले गरेका थिए । कार्यक्रममा थाली नाच संगै दर्जनौ कलाकारहरुको बिशेष प्रस्तुती रहेको थियो । म्याग्दी जिल्ला विविध भाषा संस्कृति चाडपर्व, स्थानीय परम्परा र सभ्यताले धनी मानीने जिल्लाको रुपमा परिचित छ । मौलिक कला संस्कृति धार्मिक र पर्यटकीय दृष्टिकोणले ऐतिहासिक रुप्मा महत्वपुर्ण मानीने जिल्ला हो । यिनै महत्वपुर्ण ऐतिहासिक पहिचान बोकेको कला संस्कृतिको सरक्षण र प्रवर्द्धन साथै अन्य सामाजिक क्रियाकलापमा समेत क्रियाशिल रहदै आएको छ ।