Shares
Shares
फेसियल हाउसले बर्षैपिछे गर्दै आएको तिज दर कार्यक्रम भने यस वर्ष आएर भिन्न किसिमले हाम्रो मौलिक सस्कृतिलाइ झल्किने गरेर सम्पन्न भएको छ।राजधानीको त्रीपुरेश्वरमा सम्पन्न उक्त कार्यक्रममा फेसियल हाउसकै पास आउट बिधार्थिहरुलाइ समावेश गरेर कार्यक्रममा कल्चर फेसन सो गरिएको थियो ।
कल्चर फेसन सो का महिला विधार्थीहरु बेहुलिको भेषमा थिए भने पुरुष एक बिद्यार्थी बेहुलाको भेषमा देखिएका थिए । फेसियल हाउसकी सन्चालिका वरिष्ठ ब्युटिसियन सुस्मा महराले एक्लै आट गरेर यो कार्यक्रम आयोजना गरेकी थिइन ।अहिले सम्मकै फरक र भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमले फरक सन्देश दिएको छ ।
अहिले तिज निकै भड्किलो छ त्यो हामीलाइ थाहै छ तर सुस्मा महराले भने यस पटक साहसनै गरेर तिजनै अर्कै शैलिमा बदलिदिएकी छिन अझ भन्ने हो भने उनले राखेको उल्त दर कार्यक्रममा न डिस्को डान्स देखियो न हुस्की बेयर केबल देखियो भेज दर र मैलिक ड्रेसमा महिलाहरुको उपस्थिती,जुन दृश्यले सबैको ध्यान तान्यो जस कारण कार्यक्रम सुरुवात देखि अन्त सम्म सहभागी दर्शकहरुले आँखा तानी तानी कार्यक्रम हेरिरहे । सहभागी कलाकारले समेत मौलिक तीज गीतमा मात्रै नृत्य गरेको देखिन्थ्यो भने कार्यक्रमको सुरुवातनै राष्ट्रिय गीतबाट सुरुवात गरिएको थियो जुन दृश्यले सबैको मन झस्काएको थियो ।
यसबाट प्रष्ट हुन्छकी फेसियल हाउस मौलिक्तामा एक नम्बरमा छ। मौलिक्ता झल्किने मेकप सङै फेसियल हाउसले इन्टरनेशनल लेबलको मेकप तथा हेयर स्टाइल पनि गर्न जानेको छ भनेर उक्त कार्यक्रममा सहभागी मोडलहरुबाट नै प्रष्ट भएको थियो ।
नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन शो’को ताज भने सुजिना श्रेष्ठले जितेकी छिन् ।
नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा फेसियल हाउसले शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित बगानभिल्लामा आयोजना गरेको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रममा भएको प्रतिस्पर्धामा उनले सो ताज जितेकी हुन् ।
प्रतिस्पर्धामा फर्स्ट रनर अप निलु तामाङ र सेकेण्ड रनर अप अर्चना कुमारी यादव भइन् । सुनिता मोक्तान, शान्ति विष्ट मल्ल, समिता तामाङ, अञ्जली गौतम, शान्ति पाख्रिन, शिल्पा रोय थारु, अञ्जना श्रेष्ठ, हिरा उपाध्याय, शुभश्री प्रधान, गंगामाया खुट्टे, सुम्निमा तिवारी, जयन्ती गिरी, प्रतिमा खड्का, सुनिता विश्वकर्मा, बीमा माया वाईबा तामाङ, रजिना अधिकारी, निर्मला तामाङ, इर्फान अन्सारी र साधना तामाङले उक्त प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।

‘फेसियल हाउस एकेडेमी’का ब्युटीसियनहरूको कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन शो प्रस्तुतिका निर्णायकहरूमा अधिवक्ता आकृति रायमाझी, आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका अध्यक्ष फुपू तेन्जिङ शेर्पा, वरिष्ठ ब्युटीसियन सशी शाह, वरिष्ठ पत्रकार उषा लोहनी र पत्रकार गंगा लामा थिए । प्रतिस्पर्धाको कोरियोग्राफी आरुषा महर्जनले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र अतिथिहरूमा नेकपा एमालेकी नेत्री एवम् पूर्व सांसद शान्ता चौधरी, डा. राज्यश्री श्रेष्ठ, नेपाल ब्युटीसियन संघकी पूर्व अध्यक्ष भगवती खड्का, अरुणा रायमाझी, लिला जीसीलगायत थिए ।
कार्यक्रमलाई कन्टीड्रमा, एमआईकेटीएम, आईआईएफटी, केराफिल, लिजाप, हुन्छ डटकम, मल्टी न्युट्रेशन, नेल आर्ट ग्यालरी, सिजन ड्रमा र ट्रू–ड्रमाले सपोर्ट गरेका थिए भने मिडिया पार्टनरका रूपमा कर्पोरेट खबर अनलाइन, ह्वाइट मिडिया, गुड टीभी नेटवर्क, लालीगुराँस अनलाइन, राज्यदैनिक अनलाइन, न्यूजलाइन्सनेपाल अनलाइन र जनसवाल दैनिकले सघाएका थिए ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209