Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा फेरि यस्तो डर लाग्दो रोग देखिन थाल्यो ,डाक्टर भन्छन : ढुक्क भएर बस्ने अवस्था छैन

नेपालमा फेरि यस्तो डर लाग्दो रोग देखिन थाल्यो ,डाक्टर भन्छन : ढुक्क भएर बस्ने अवस्था छैन

काठमाडौँ, हामी त्यो समय कहिले भुल्न सक्दैन जुन समयमा केराना महामारीले विश्व नै लामो समय सम्म प्रताडित बनेको थियो । धेरैले आफनो परिवार ,आफन्तजन ,ईष्टमित्र साथी संगी पनि गुमाउनु परेको । कोरानाले थलो परेपछि बन्धक जस्तै बनेर बस्नु परको थियो । र अहिले फेरि नेपालमा पनि अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको डाक्टरहरूले बताएका छन् । जनस्वास्थ्यविद् डा.शेरबहादुर पुनले विश्वका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट भित्रिन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

अरु ठाउँमा देखिएको प्रकोपलाई गम्भीरतापूर्वक लिनुपर्ने र ढुक्क भएर बस्ने अवस्था नरहेको उहाँको भनाइ छ । यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको डा. पुनले बताउनुभयो । जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एशोसिएशनले काठमाण्डौमा गरेको कार्यक्रममा डा.पुनले विगतमा स्वाइन फ्लू र कोभिडको प्रकोप पनि दक्षिण एशियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताउनुभयो ।

ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ । यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको उहाँले बताउनुभयो । सन् १९५८ मा बाँदरहरुमा देखिएको मङ्की पक्स रोग सन् १९७० मा कङ्गोका एक जना नौ वर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र हैजालगायतका अरु सरुवा रोगबाट जोगिन पानी र खानासँगै सरसफाइमा ध्यान दिन जनस्वास्थ्यविद्को सल्लाह छ । नेपालमा अहिले डेङ्गी र हैजाको समस्या बढ्दै गएको छ । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा ५ हजार ५८९ जनामा फैलिएको डेंगु अगस्ट ३० मा ७५८ जना सङ्क्रमित थपिएर ६ हजार ३४७ जना पुगेको हुन् ।

देशभर फैलिएको ७५ जिल्लामध्ये सबैभन्दा बढी तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौँमा पाँच सय बढी डेंगु सङ्क्रमित छन् । देशभर ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।

डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । लामखुट्टेको टोकाइबाट जोगिने उपाय नै अपनाउनु पर्ने चिकित्सक सुझाउ छन् ।