Shares
Shares
काठमाडौँ, नेपाली खेलकुदमा अहिलेसम्मकै ठूलो पदक दिलाउदै पारा तेक्वान्दोकी कीर्तिमानी खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ईतिहास रचेकी छन । पेरिस पारालिम्पिक्समा कास्य पदक जितेर नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बन्न सफल भएकी हुन । पलेशाले अब सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नेछिन्।
पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५–८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ।
नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ। यही व्यवस्था अनुरूप पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन् । यसरी पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी बन्नेछिन् । पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यसो त पलेशामाथि अब धेरै निजी क्षेत्रका संघसंस्थाहरूले समेत पुरस्कार घोषणा गर्ने छन्। जसका कारण उनले खेल क्षेत्रबाट पुरस्कारस्वरूप सर्वाधिक रकम प्राप्त गर्ने खेलाडीका रूपमा समेत रहन सक्ने छिन्। शुक्रबार राति भएको खेलमा पलेशाले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको कास्य पदक जितेकी हुन्।
योसँगै पलेशा ओलम्पिक्स र पारालिम्पिक्समा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बन्न सफल भएकी छन्।पलेशाले कास्य पदकका लागि भएको रिपाचेजमा सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराएकी हुन्। यसअघि पलेशाले पेरिस पारालिम्पिक्सअन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा जितेकी थिइन्।
सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले हारिन्।
पलेशा छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक्समा सहभागी भएकी हुन्। यता प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् ।प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवधर्नलाई बधाई दिएका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।
ओलिम्पिक्समा खेलेको ५७ वर्ष लामो इतिहास होस् वा १० वर्षअगाडि देखि खेल्न थालेको पारा–ओलिम्पिक्समा नेपालले पदक जित्नसकेको थिएन । यसपालि पारा–तेक्वान्दो खेलाडी पलेशाबाट नेपाली पक्षले ठूलो आशा राखेको थियो। उनी दुईवटा विश्व पारा–तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा–तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209