Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बैकुण्ठ मानन्धर खेलकूद नेपालको छैटौं साधारणसभा सम्पन्न

बैकुण्ठ मानन्धर खेलकूद नेपालको छैटौं साधारणसभा सम्पन्न

काठमाडौं,बैकुण्ठ मानन्धर खेलकूद नेपालको छैटौं साधारणसभा सम्पन्न भएको छ । यही २०८१ भाद्र ८ गते शनिबार स्वयम्भू ब्याङ्केट डल्लीमा नेपालको पहिलो राष्ट्रिय एथलेटिक्स प्रशिक्षक मधु शमशेर जबराको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनले नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा बैठकुण्ठ मानन्धर अध्यक्ष, दिपकबहादुर तामाङ उपाध्यक्ष, बाबुराजा श्रेष्ठ महासचिव र राधा श्रेष्ठ कोषाध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

निर्वाचत प्रक्रियामार्फत् सदस्यहरुमा रमेश सुनार, छिरिङ लामा, दिपककुमार रजिञ्त, अर्जुन घिमिरे र सीता रिमाल निर्वाचित भएका छन् । बिजयी सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई निर्वाचन आयुक्त अधिवक्ता बाबुकृष्ण महर्जन, शैलेन्द्रमान श्रेष्ठ, बद्रीकुमार खत्री, किरण रन्जितलगायत निर्वाचन कमिटीले प्रमाणपत्र वितरण र पद तथा गोपनीयताको सपद ग्रहण गराएका थिए ।

सो अवसरमा केहि समय अघि मित्र राष्ट्र बङ्गलादेशको ढाकामा सम्पन्न ओपन ईन्टरनेशनल भेटान्स एथलेटिक्स च्याम्पियनसिप २०२४ पदक जित्न सफल धावक रामकृष्ण महर्जन कपिल भट्ट लगायत बुद्धवीर लामा स्वर्ण ६५मा १०००० मि, पुष्पलाल श्रेष्ठ स्वर्ण ६५ मा ५००० मि, दिपक कुमार रन्जित ५५ मा कास्य ५००० मि, धर्म महर्जन ५० मा स्वर्ण ५०००,१०००० मि, रेवत बहादुर दाहाल ५० मा स्वर्ण १५०० रजत ५००० मि, लाक्पा शेर्पा ४० मा सान्त्वना प्राप्त गर्न सफल खेलाडीहरुलाई प्रमुख अतिथि शभु शमशेर जबरा तथा विशेष अतिथि ओलम्यिन रविराज थापाले सम्मान तथा शुभकामना दिएका थिए ।