Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शान्ति श्री परियारले गाईन मौलिकपनले भरिएको तिज गित भनम कसलाई खै ?हेर्नुहोस गित

शान्ति श्री परियारले गाईन मौलिकपनले भरिएको तिज गित भनम कसलाई खै ?हेर्नुहोस गित

काठमाण्डौ, भदौ ४।

गायिका शान्ति श्री परियारको आवाजमा मौलिकपन भरिएको तिज गित भनम कसलाई खै बोलको तिज गित बजारमा आएको छ । वास्तविक तिजको भाव दर्शाउने , सुनौ सुनौ र नाचौ नाचौ लाग्ने तिज गित कलाकार रोशन क्षेत्रीको युटुव च्यानलबाट सार्वजानिक भएको छ ।

यता शान्ति श्री परियाले यसपालि गाएका तिजका गितलाई केही दर्शक श्रोताले तिजका नाममा शब्द चयनमा ध्यान नदिई आईटम गित जस्ता धेरै गाएको भन्दै आलोचना गरिरहेका छन । यसैसन्दर्भमा गायिका शान्ति श्री परियारले गाएको भनम कसलाई खै बोलको तिज गितको पनि चर्चा छुट्टै भएको छ ।

नेपाली समाज र हरेक घरपरिवारमा रहेको ययार्थ कथालाई भिडियोमा दर्शाएको छ । शान्ति श्री परियार र सुनिता सुनारको आवाज , रोशन क्षेत्रीको शब्द ,गोपाल सापकोटाको लयमा रहेको गितलाई रमेश सेञ्चुरीले संगित संयोजन गरेका छन । होम गुरुंगको डाईरेक्सनर कोरियोग्राफिमा रहेको गितमा मोडल कबिता न्यौपाने ,बिकास थापा ,ममता तामांग र राजकुमार क्षेत्री रहेको छ ।

नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज नजिक आउँदैछ । सोही अवसरमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले तीज गीत बजारमा सार्वजनिक गर्ने लहर चलेको छ । बजारमा एकपछि अर्को गरी तीज गीत सार्वजनिक गर्नेक्रममा कतिपय गीत परिवारसंगै बसेर हेर्न मिल्ने खालका छन् भने कतिपय कलाकारले सार्वजनिक गरेका तीजका गीतहरु हेर्न पनि गाह्रो हुने खालका छन् । हेर्नुहोस गित

https://www.youtube.com/watch?v=_IxIEGg-JQ8