काठमाडौं भदौ ४–
युके बस्ने मायाँ’ गितको अपार सफलतापछि व्यवसायी तथा एनआरएनए अभियान्ता विनय अधिकारीको “इन्द्र महाराज”बोलको गितले पनि चर्चा कमाईरहेको छ। यतिबेला यो गित रिलिज भएको ६ दिनमै १० लाख बढि दर्शकहरु नजरमा पुगेको छ । भने टिकटकमा पनि निकै रुचाईएको छ ।
तिजका गितहरु ध्माधम बजारमा आईरहदा उनको यो लोक आधुनिक बिद्याको गितले आफनो छुट्टै चर्चा कमाएको हो । बाइरोड मा धुलो उड्यो पानि पारि देउ न ओ इन्द्र महाराज, यो माया पर पर किन वर सारी देउ न ओ इन्द्र महाराज ..अहिले सामाजिक सञ्जाल तिर पनि छाईरहेको छ ।
२ महिना अघि मात्र बजारमा आएको विनय अधिकारीको युके बस्ने मायाले अत्याधिक दर्शक श्रोताहरुको माया पाएको थियो । अहिले यो गितको करिब ४० लाख भ्यूज गएको छ । गायक बद्रि सापकोटा र गायिका शान्ति श्री परियारको आवाजमा रहेको यो गितमा बिनय अधिकारीको शब्द र गायक बद्रि सापकोटाको संगित रहेको थियो । अहिले फेरि यहि दुईको सहकार्यमा “इन्द्र महाराज” गित बजारमा आएको हो ।
यस गितमा पनि अधिकारीको शब्द रसापकोटाको संगित रहेको छ । एनआरएनए अभियान्ता अधिकारीको आफ्नौ युट्युव च्यानल ‘विनय अधिकारी’माफर्त सार्वजनिक भएको गीतमा लोकप्रिय गायीका मेलिना राई र बद्री सापकोटाको स्वर रहेको छ भने भिडियोमा विनय अधिकारी र चर्चित नायिका शिल्पा पोखरेलको ससक्त अभिनय रहेको छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । अधिकारीको यो तेश्रो गीत हो ।
यसअघि अधिकारीले ‘दुनियाँ लठ्ठै छ’, ‘युके बस्ने मायाँ’ बोलको गीत बजारमा ल्याएका थिए । ‘दुनियाँ लठ्ठै छ’ गीत झण्डै ७ लाख भन्दाबढी दर्शकले हेरेका छन् भने ‘युके बस्ने मायाँ’ पछिल्लो समयकै सर्वाधिक चर्चामा रहदै आएको छ । ब्यवसाय एवम गित संगितको दुनियामा बिनय अधिकारीले आफनो छुट्टै पहिचान बनाईरहेका छन ।