Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्दिप लामिछानेको टिमले गर्यो पहिलो जित, छायो खुसीयाली,क्यानडामा भएका नेपालीहरु राष्ट्रिय झण्डा बोकेर गए समर्थन गर्न

सन्दिप लामिछानेको टिमले गर्यो पहिलो जित, छायो खुसीयाली,क्यानडामा भएका नेपालीहरु राष्ट्रिय झण्डा बोकेर गए समर्थन गर्न

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी२० मा नेपाली दुई खेलाडी सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरि सम्मिलित भानकुभर नाइट्सले पहिलो जित निकालेको छ।आफ्नो सातौं खेलमा मोन्ट्रियल्स टाइगरलाई पराजित गर्दै नाइट्सले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो। ब्राम्पटन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको टाइगर्स १९।२ ओभरमा अलआउट भयो। उसका लागि अजमतुल्लाह ओमरजाइले ३०, शेरफान रथरफोर्ड २२ र टिम सेफर्टले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।बलिङतर्फ नाइट्सका मोहम्मद अमीरले तीन विकेट लिँदा सन्दीप लामिछाने, हर्ष थाकर र ड्वेयन प्रेटोयसले समान दुई–दुई विकेट लिए। भ्यानकुभरका लागि नेपालका सन्दीप लामिछानेले महत्त्वपूर्ण दुई विकेट हात पारे। पहिलो विकेटका रुपमा सर्वाधिक रन बनाएका अजमातुल्लाहलाई आउट गरेका सन्दीपले दोस्रो विकेटका रुपमा नवौंक्रमका ब्याट्सम्यान जहुर खानलाई आउट गरेका हुन्।

सन्दीपले जाहुरको विकेट लिएपछि मेटिन्ट्रयल १०९ रनमा अलआउट भएको थियो। ३।२ ओभर बलिङ गरेका सन्दीपले मात्र १४ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। एक ओभर बलिङ गरेका दीपेन्द्रले भने बिना विकेट १२ रन खर्चिए। उसका लागि मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिएका थिए। ११० रनको लक्ष्य पछ्याएको सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले १८।४ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन बनायो। उसका लागि रीजा हेन्ड्रिच ३९, उसमान ख्वाजा ३१, रिची बेरिङ्टन १७ रन बनाए।बलिङतर्फ टाइगर्सका अजमतुल्लाह ओमरजाइ र जेरार्ड इरासमसले समान दुई–दुई विकेट लिँदा कोर्बिन बोस्चले एक विकेट हात पारे।अहिलेसम्म खेलेको सात खेलमा सात खेलमध्ये नाइट्स एक खेलमा मात्र विजयी भएको हो। विजयी भए पनि नाइट्स पुच्छारमै कायम छन्। छैटौ खेलमा आइतबार राति नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्ससँग भ्यानकुरभर १९ रनले पराजित भएको थियो। उक्त खेलमा नेपालका लेग स्पिन सन्दीप लामिछानेले पूरै ४ ओभर बलिङ गर्दा ३२ रन खर्चिएर एक विकेट हात पारेका थिए भने अलराउण्डर दीपेन्द्रसिंहले दुई ओभर बलिङ गर्दा विना विकेट १६ रन खर्चिएका थिए। सन्दीपको टिम अन्तिम खेलमा मात्र विजयी भए पनि ग्लोबल टि–२० मा उनको गुग्लीको चर्चा भइरहेको छ। ७ खेलका ६ इनिङ खेलेका सन्दीपले १७० रन खर्चिएर आठ विकेट लिएका छन्। ग्लोबल टि–२०को सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी टप १० मा छन्। त्यहाँ पनि सन्दिप र दिपेन्द्रलाई नेपाली दर्शकले राम्रै साथ दिएका थिए । क्यानडामा भएका खेल प्रेमी नेपाली क्रिकेट हेर्न मैदानमै पुगेका थिए । उनीहरुले क्यानडामा पनि नेपालको झण्डा बोकेर उत्साहजनक रुपमा सन्दिप र दिपेन्द्रलाई हैसला दिएका थिए ।