Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भ्यालि हस्पिटल पुतलिसडकले सप्ताहब्यापि बिश्व स्तनपान दिवस बिभिन्न कार्यकमकासाथ मनाउदै

भ्यालि हस्पिटल पुतलिसडकले सप्ताहब्यापि बिश्व स्तनपान दिवस बिभिन्न कार्यकमकासाथ मनाउदै

काठमाडौँ,भ्यालि हस्पिटल प्रा.लि. पुतलिसडकले सप्ताहब्यापि बिश्व स्तनपान दिवस बिभिन्न कार्यक्रमका साथ मनाएको छ । आज भ्यालि अस्पताल प्रा.लि. परिसर पुतलिसडकमा सरोकारबालाका सबै पक्षहरु चिकित्सक, नर्स, सहयोगिहरु, ब्यबस्थापन र सेवाग्राहीहरु समेतको ब्यापक सहभागितामा स्तनपानसंग सम्बन्धित प्रशिक्षण कार्यक्रम भब्यतापुर्बक सम्पन्न भएको हो ।

भ्यालि हस्पिटल प्रा.लि. काठमाण्डौं शहरको मध्यभाग पुतलिसडकमा अबस्थित एक आधुनिक अस्पताल हो । यस हस्पिटलमा २४ सै घण्टा सबै किसिमका चिकित्सकिय सेवाकालागि ओपिडि सेवा उपलब्ध छ । यहाँ प्रशुति तथा स्त्रि रोग, बाल रोग, नाक कान धाँटी, बिभिन्न किसिमका सल्यक्रिया, मेडिसिन सेवा लगायतका सेवाहरु बिज्ञ चिकित्सकहरुबाट उपलब्ध छ ।

भ्यालि हस्पिटलले महीलाहरुको पाठेघरको मुखमा देखिने क्यान्सर बिरुद्धको अभियानलाई तिब्र बनाउन पाठेघरको मुखमा देखिने क्यान्सर बिरुद्धको खोप र बालबालिकाका लागि आबश्यक खोपहरु सुलभरुपमा सहुलियत दरमा उपलब्ध गराउदै आएको छ ।

भ्यालि हस्पिटल प्रा.लि.ले सन्तान शुख प्राप्त गर्न नसकेका दम्पतीहरुकालागि समेत आबश्यक उपचार सेवा शुलभ र सहुलियत दरमा उपलब्ध गराउदै आएको छ ।

भ्यालि हस्पिटलले सेवाग्राही तथा स्थानीयको स्वास्थ्य अबस्था यकिन गर्न र आबश्यक औषधिय ब्यबस्थाकालागि सुलभ र सहुलियत दरमा २४ सै घण्टा आधुनिक प्याथोलोजी, अल्ट्रा साउण्ड र फार्मेसिको ब्यबस्था गरेको छ ।

आफनो सामाजिक दायित्व निर्बाह गर्ने क्रममा स्थानीय र ग्रामीण जनताहरुको स्वास्थ्य उपचारमा निशुल्क सेवा र बिभिन्न किसिमका छुटहरु उपलब्ध गराउदै आएको छ ।

यसै सन्दर्भमा भ्यालि हस्पिटलले स्थानीयको स्वास्थ्य उपचारकालागि प्रत्तेक नेपालि महिनाको चौंथो आईतबार का.म.न.पा २९ को वडा कार्यालय पिपलबोट डिल्लीबजारमा बिहान ११ देखि १ बजेसम्म निशुल्क स्वास्थ्य शिबिर नियमीतरुपमा संचालन गर्दै आएको छ ।

नेपालबाट हज गर्न जाने हजयात्रीहरुको स्वास्थ्य अबस्थाको निशुल्क जाँचकालागि गत महिना १ हप्ता निशुल्क स्वास्थ्य शिबिरको आयोजना यस अस्पतालले गरेको थियो ।

यसबाट करीव २०० नेपालि हजयात्री लाभान्वित भएका थिए ।  देशको ग्रामीण क्षेत्रमा बसोबास गर्ने , आधारभुत स्वास्थ्य सुबिधा उपभोग गर्न नपाएका देशबासिहरुको निशुल्क स्वास्थ्य अबस्था जाँच गर्ने, निशुल्क औषधि बितरण गर्ने, जस्ता कार्यहरु नियमितरुपमा देशका बिभिन्न स्थानमा संचालन गरी देशबासिलाई स्वस्थ्य बनाउने अभियानमा निरन्तर क्रियाशील छ ।

यसै क्रममा निशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य जाँचको क्रममा काठमाण्डौंमै उपचार गराउनुपर्ने अबस्था रहेको बिरामीहरुकालागि हस्पिटलको उपचार शुल्कमा बिभिन्न किसिमको छुटको ब्यबस्था गरेको छ ।  विश्व स्तनपान सप्ताह सन् १९९२ बाट मनाउन सुरु गरिएको भन्ने भनाइ छ।  विभिन्न तथ्यांक अनुसार विश्व स्तनपान सप्ताह अहिले आएर १२० भन्दा बढी देशहरुले मनाउने गरेको पाईन्छ।  

आमाको दुध शिशुको लागि सर्बोत्तम आहार हो र यसले शिशुको रोगसँग लड्न सक्ने क्षमता बढाउछ।  स्तनपानले महिलाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्दछ। साथै मानसिक समस्या लाई समेत कम गर्दछ।