Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक

फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक

काठमाडौँ ।  भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म ‘सतीदेवी’को ट्रेलर बिहीबार सार्वजनिक भएको थियो । उक्त सार्वजनिक ट्रेलरमा अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई देखाएको छ ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र ‘सतीदेवी’ मा सुवेदी आफैँले निर्देशन गरेका छन् । फिल्म ‘सतीदेवी’ मा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको अभिनय छ ।