Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शान्ती श्री परियारले माफि मागेर पनि फेरि गाइन यस्तो तीज गीत

शान्ती श्री परियारले माफि मागेर पनि फेरि गाइन यस्तो तीज गीत

अहिले नेपालीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गएको छ । यो समयमा बजारमा धमाधम तिज गीतहरु आईरहेका छन् । केहि दिन अगाडी गायिका शान्तिश्री परियारको स्वरमा रहेको तिज गीत बिबादमा पर्यो । सबै भन्दा बढी चर्चीत गायीका हुन्,शान्तिीश्री । यतिबेला धेरै तिज गितहरु पनि बिबादीत बनिरहेका छन् । लोक संकृति झल्कने गित भन्दा पनि बिकृतीपुर्ण गीतहरु छ्याप्छ्याप्ती आउन थालेको अवस्था छ । लोक भाका भन्दा पनि आधुनिक भाकाले छोपेका छन् । बिबादमा परि माफी मागे पछि फेरि शान्तिीश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डीआर सुजनको शब्द, सङ्गीत र आशिष अविरलको एरेन्ज रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ, दुःखमा आत्तिने र सुखमा नमात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ । डीआर सुजन, अञ्जली अधिकारी र सरस्वती खत्रीको अभिनय रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन र काजिस श्रेष्ठको कोरियोग्राफी छ । भिडियोलाई डीआर सुजन आफैँले निर्देशन गरेका हुन् । ्िड।आर सुजन जसको नाममा अहिले चर्चा र बिवाद दुबै हुने गर्छ ।

लामो समयदेखि नेपाली गीत संगीतमा लागेका गायक डि।आर सुजन स्याङ्जा जिल्ला आधिँखोला गाउपालिकामा जन्मिएका हुन् । उनी निद्रेशक, मोडल, गीतकार, संगीतकार र गायक पनि हुन । उनका थुप्रै गीतहरु , फुली नाकैमा, बाउआमा, प्रदेशी काइलो, उडेको चरी, जोडी मरेको, नेपाली हाम्रो जात, सेतो रौ, टोपी उनैको र हिन्दी गीत ‘मा’ रहेका छन । नेपाली गीत सङितको यात्राको हरेक बिधामा सफलता प्राप्त गरेका सुजन अनेकौ दुख संघर्षसंग जुधेर करिब सात बर्षको अन्तरालमा छ वटा अप्रेसन गरि त्यो दुःखद पललाई हासीहासी पार गर्ने एउटा सहासी कलाकारमा पर्छन् । केहि दिन अगाडी शान्तिश्रीले गाएको गीत विवादमा आए पछि उनले तिजका गीतको प्रमोसनमा ध्यान नदिएको सर्जक डिआर सुजन बताउँछन् । उनी भन्छन् यदि आफु समाबेश भएको गितलाई प्रोमोसन गर्न हिचकिचाउने हो भने सुरुमै काममा नजोडिदा राम्रो हुन्छ । कालाकारकै कारण लगानी कर्ताको लगानी डुब्छ । आजभोली लगानी कर्तालाई कलाकारले वास्तै गर्न छाडेका छन । आफ्नो गीतलाई मात्रै प्रोमोशन गर्न मरिहत्ते गर्छन । कलाकार दोहोरो फाईदा लिने मात्रै भए । उनी भन्छन् ।

ब्यबसायीक रुपले दिनमै ३–४ ओटा गीत रेकर्ड गर्ने शान्तिश्रीले आफ्नो लगानीको मात्रै गितलाई बढी ध्यान दिएकी हुन कि भन्ने उनको फेसबुक वालबाट पनि प्रष्ट देखिन्छ । यसो गर्नाले उनी माथी लगानी गर्ने लगानीकर्ताहरुको लगानी बालुवामा पानी हाले जस्तै हुने गरेको छ । सुजनले मात्रै होईन आफुले गरेको कामलाई कलाकारले वास्ता नगरेको भन्दै केहि सर्जकहरु पनि आक्रोसित पनि छन् ।