Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शान्ती श्री परियारले गीत बिबादमा आएपछि मागिन सबैसामु माफि, दर्शकबाट गालिको बर्षात

शान्ती श्री परियारले गीत बिबादमा आएपछि मागिन सबैसामु माफि, दर्शकबाट गालिको बर्षात

काठमाडौं । गायिका शान्ति श्री परियारले गाएको बिस्ताराले पोल्यो गितको आलोचना ब्यापक भएपछि अन्तत उनले यतिबेला माफी मागेकी छन । उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस सहित माफि माग्दै भनेकी छन कहिले काहिँ सधै हिडिरहेको बाटोमा पनि ठेस लाग्दो रहेछ । तेहाँ बाट लागेको थोरै चोट, जुन चोटले आफु सङ्गै आफ्ना र आफ्ना सुभचिन्तक हरु लाइ धेरै दुख्ने रहेछ। तेसैले अब हिड्दा अलि ख्याल गरेर हिड्ने छु। उनले भनेकी छन । साथै उनले फेसबुकमा शेयर गरेको पत्रमा लेखिएको छ गीत गायनको १४ वर्षे यात्रामा करिब २००० भन्दा बढी गीत मार्फत हजुरहरु समक्ष विभिन्न सन्देश तथा मनोरन्जन पस्केकीछु। गीत गायनकै क्रममा हरि गिरि बिमर्शी युटुव च्यानलबाट साउन ११ गते सार्वजानिक “बिस्ताराले पोल्यो“ भन्ने गीतमा मेरो आवाज रहेकोछ। सो गीत तीज विशेष, लोक वा दोहोरी कुनैपनि विधा अन्तर्गतको नभएता पनि उक्त गीतको भिडीयोको केही दृष्यांशहरुको कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको र सोही कारण सामाजिक संजालहरुमा धेरै नकारात्मक टिका टिप्पणी आइरहेको हुदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्यको नाताले म संग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरु प्रति आँच पुग्न गएको आभास भएकोहुँदा क्षमाप्रार्थी छु। साथै आगामी दिनमा शब्द संगीत छनौट गरी गाउने वाचा गर्दछु। यस विचमा हजुरहरुले म प्रति देखाउनुभएको सदासयता, माया तथा शुभचिन्ता प्रति हार्दिक धन्यवाद दिन चाहान्छु । लेखिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बिस्ताराले पोल्या गितका गायक सर्जक हरिगिरी विमर्षीलाई गितलाई युट्यूब लगायतका सामाजिक सञ्जालबाट हटाउन पत्र काटेको छ । उक्त गीतमा रहेका श्रव्य तथा दृश्यले समाज, संस्कृति र समग्र लोक संगीत क्षेत्रलाई पारेको नकारात्मक प्रभाव प्रति सचेत गराउँदै संस्था र संस्कृतिको हितार्थ सहयोग गरिदिनु हुन अनुरोध समेत गरेको छ । पत्रमा लेखिएको छ एक सभ्य, सुसंस्कृत तीज गीत परम्पराको अबमुल्यन तथा अपव्याख्या हुने गरी यहाँले वा यहाँ सम्मिलित समूहले विभिन्न युट्युब लगायतका माध्यममा प्रकाशन एवंम् प्रसारण गर्नु भएको कथित तीज गीत नामक कृतिप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको गम्भिर ध्यानाकर्षण भएको छ।संस्थाकी अध्यक्ष रिता थापा मगर र महासचिव शिव हिमालको हस्ताकक्षरित पत्रको बोधार्थमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं ,जिल्ला प्रहरी कार्यालय, काठमाडौं , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु, काठमाडौं उल्लेख गरिएको छ ।यता ‘बिस्ताराले पोल्यो’, आईटम गित गरि तिजका ५ गीतमाथि राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले प्रतिबन्ध लगाइएको छ ।

आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘चियर्स बियर’ गीत र ‘बिस्ताराले पोल्यो’, बोलको गित माथि प्रतिबन्ध लगाइएको थियो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले यी गीतले तीजको मौलिक परम्परा माथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो संगीत संस्थाले यसरी गरि समाजमा नकरात्मक सन्देश दिने गितहरु मथि सधैब निगरानी र खबरदारी गर्ने बताएका छन । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले देशभरका सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यममा यस्ता विकृतिजन्य गीतहरूलाई स्थान नदिनसमेत अनुरोध गरेको छ । ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ ‘दिउँला बरिलै’ कविता खत्री र भागिरथ चलाउनेको स्वर रहेको छ, भने ‘मादलु घन्काउँदै’मा प्रिति आलेको स्वर छ । त्यस्तै ‘टिकटकमा भाइरल हल्लाएरै हो’ केशर ओली र सुमन थापाको स्वर, ‘बिस्ताराले पोल्यो’ शान्तिश्री परियार र हरि गिरीको स्वर र ‘चियर्स बियर’मा प्रिति आले र प्रकाश शर्माको स्वर रहेको छ ।