Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सांसद शर्माको केएमसीको टोली कपन स्कूलमा, ६३० बिरामीको निःशुल्क उपचार

सांसद शर्माको केएमसीको टोली कपन स्कूलमा, ६३० बिरामीको निःशुल्क उपचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।  जोशेफ हाइस्कूलको आयोजनामा विद्यालय परिसरमा भएको शिविरमा ६३० बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिरामीमध्ये १०७ जनाको भिडियो एक्सरे, ६३ जनाको ईसीजी, ८७ जनाको ल्याब परीक्षण गरिएको थियो भने १५ जनाको दाँत निकालिएको थियो ।  त्यस्तै २१ जनालाई थप परीक्षणका लागि केएमसीमा रेफर गरिएको छ । डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।