Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि आज क्यानडामा टी–२० लिग क्रिकेटमा भिड्दै

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि आज क्यानडामा टी–२० लिग क्रिकेटमा भिड्दै

काठमाडौं । आज नेपाली क्रिकेटर सन्दिप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध टोलीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्दैछ । दीपेन्द्र र सन्दीप आबद्ध भेनकुवर नाईट्सले आज बंगाल टाईगर्ससँग खेल्न लागेको हो । यो खेल राति पौने ९ बजे शुरु हुँदैछ ।भेनकुवर पहिलो खेलमा टोरोन्टो नेसनल्ससँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा सन्दीपले एक विकेट लिनुका साथै १५ रनसमेत बनाएका थिए । दीपेन्द्र भने भिसाका कारण हिजो मात्रै क्यानडा पुगेका छन् । नेपालका कप्तान पौडेल र सन्दीपको टोलीमा नै रहेका दीपेन्द्रसिंह ऐरी भने पहिलो खेलमा टोलीमा सहभागी हुन पाएनन्। भिसा ढिलाइका कारण उनीहरू बिहीबार राति मात्र क्यानडा प्रस्थान गरेका थिए । यस्तै नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध क्लब टोरोन्टो नेसनल्सले भोलि बिहान पौने २ बजे ब्रैम्प्टन वुल्भ्ससँग खेल्दैछ ।

रोहितको यो पहिलो अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिग हो । उनलाई टोरोन्टो नेसनल्सले १६ लाखमा अनुबन्ध गरेको छ । रोहितले भने टोरोन्टो नेशनल्सबाट लिग खेल्नेछन्। र लिगको उद्दघाटन खेलमा भोलि ९शुक्रवार० बिहान टोरोन्टो र भ्यानकुभर भिड्ेका थिए । ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् । नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् । सन्दीपलाई ४० लाख तथा दीपेन्द्रलाई २४ लाखमा भ्यानकुभर नाइट्सले अनुबन्ध गरेको हो । दीपेन्द्रले सन् २०२३ को संस्करण मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए ।

सो सिजनमा उनी आबद्ध मोन्ट्रियलले उपाधि जितेको थियो । विश्वको चर्चित अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगको अनुभव बटुलेका सन्दीपले यसअघि क्यानडाको ग्लोबल टी–२० मा मोन्ट्रियल र टोरोन्टोबाट खेलेका थिए । उनी तेस्रोपटक ग्लोबल टी–२० लिग खेल्दै छन् । लिगको उद्घाटन खेलमा शुक्रबार टोरोन्टो र भ्यानकुभरले प्रतिस्पर्धा गर्नेछन् ।

न्युजिल्यान्डका कोलिन मन्रो, वेस्ट इन्डिजका रोमारियो सेफर्ड र दक्षिण अफ्रिकाका भ्यान डर डसन टोरोन्टोमा रहेका छान् ।सन्दीप र दीपेन्द्रसँगै भ्यानकुभरमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवानसमेत रहेका छन् । तर, पाकिस्तानी क्रिकेट बोर्डले बाबर र रिजवानलाई लिग खेल्ने अनुमति दिएको छैन । यसकारण यी दुवै खेलाडीले लिग गुमाउनेछन् । यस टोलीमा पल भ्यान मिकरेन र रुबेन ट्रम्पलम्यानजस्ता अनुभवी एसोसिएट खेलाडी र दक्षिण अफ्रिकाका डवेन प्रिटोरियससमेत रहेका छन् ।यता पेरिस ओलम्पिकमा शनिबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। ३३ औँ गृष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन भएको भोलिपल्ट टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याटमिन्टनका प्रिन्स दाहालले प्रतिस्पर्धा गर्न लागेका हुन्। प्रारम्भिक चरणमा स्यान्टुले सेनेगलका खेलाडी इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्नेछन्। पुरुष एकलमा भिड्ने स्यान्टुको खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा साँझ साढे ७ बजे शुरु हुनेछ।