Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डा सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

डा सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं,  मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ चिकित्सक टोलीबाट  शुक्रवारका दिन काठमाडौं  महानगरपालिका वडा ८ तिलगंगा  स्थित  शान्ति सेवा गृह तथा पुर्नास्थ्पना केन्द्रमा  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शान्ति सेवा गृह तथा पुनर्स्थापना केन्द्रद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९३१ जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको छ जसमध्ये १०३  जनाको भिडियो एक्स-रे , ८६  जनाको इसीजी  ,१०९ जनाको ल्याब परीक्षण, २७ जनाको दाँत खोलिएको साथै ३३ जनालाई केएमसी रेफर गरिएको  छ ।