Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक

आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक

काठमाडौँ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति सार्बजनिक गरेको छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्बजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् ।

उनले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताए । उनले मुद्रा स्फृतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने र ७ महिनाको लागि विदेशी बस्तु तथा सेवा आयात गर्ने गरी विदेशी मुद्राको संचिति राख्ने नीति लिएको जानकारी दिएका छन् ।

गभर्नर अधिकारीले बजेटमा व्यवस्था गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोगी हुने गरी नीति तय गरिएको बताएका छन् ।

चालू आवमा पनि शोधनान्तर स्थिति बचतमै रहने अनुमान रहेको छ । मौद्रिक नीतिमा पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ भने निजी क्षेत्रमा जाने कर्जा सुधार हुने अपेक्षा गरिएको छ ।

Monetary_policy_2081-082 (1)