साउन महिनाको आरम्भमा बिभिन्न तिजगित हरु बजारमा आउँदै गर्दा श्रावण मास को पौराणीक महत्व लाइ आत्मसात गर्दै बडो मर्यादित ढँगले "कैलासपती शिवजी" नामको शिब महिमा भजन बजारमा आएको छ।
गुल्मीको शान नामले प्रख्यात लोक गायक रामचन्द्र चन्द र निरुमाया ठुली गित बाट चर्चामा आएकी सर्बप्रिय गायिका कमला पोखरेल को जादुमयी स्वरले सजिएको उक्त भजनले सावनको महत्व, आदिदैब योगेश्वर महाँदेबको ध्यान पुकार लाइ प्रमुख स्थान दिएको छ। स्वरमा नन्दु परियार र बिन्दु बिसिले रामचन्द्र चन्द र कमला पोखरेल लाइ साथ दिएका छन्।
कृष्ण भान्जा को सँगित समायोजन तथा श्यामश्वेत रसाइली को मास्टरिङ मा प्रिज्मा रेकर्डिङ स्टुडियो बाट सर्वोत्कृष्ट भजन तयार गरेर सार्वजनिक गरिएको हो।
गुल्मेली श्रजक हेमनाथ खराल को शब्द रचना, खिमानन्द खरेलज्यू को लय, निर्देशन तथा निर्माण मा कालजयी भजन निर्माण गरिएको छ, यसै गितका गायक रामचन्द्र चन्द भन्नुहुन्छ, सोंचेभन्दा धेरै राम्रो बनेको छ। ज्ञानी गुरुहरु, विद्वान श्रजक हरु तथा शास्त्रिय विद्वान हरुद्वारा यो भजनले प्रशँसा पाइ रहेको छ ।
यशु भट्टराई र शिवाजी क्षेत्री को नृत्य सयौँ श्रद्धालु हरुको सहभागिताको ब्याख्या गरेर साध्यै छैन।
खास गरेर, बसन्त बिजय महर्जन को छायांकन रहेको तथा शिवाजी क्षेत्रीको कोरियोग्राफी रहेको भिडियो मा मोडल यशु भट्टराई , हरिकृष्ण राजठाला , सन्तोस लम्साल, नुर भण्डारी, आशा बिस्वकर्मा, प्रकास सापकोटा, दुर्गा प्रशाद खरेल, अर्जुन कंडेल लगायत लाइ प्रमुख भुमिका मा देख्न सकिन्छ।
सावन महिना र शिव महिमा को बडो प्रिय सम्योजन रहेको छ भिडियो मा।
रेभान्स म्युजिक नामको युटुब च्यानल मा यो भजन हेर्न सुन्न सकिनेछ।