Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

१६ बर्षे यामालले रचे नयाँ इतिहास,मेस्सिले नुहाई दिएको फोटो बन्यो सामाजीक सञ्जालमा भाईरल

१६ बर्षे यामालले रचे नयाँ इतिहास,मेस्सिले नुहाई दिएको फोटो बन्यो सामाजीक सञ्जालमा भाईरल

काठमाडौं , लेमिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । स्पेनका १६ वर्षे प्ले मेकर लेमिन यमाल चम्किएपछि सामाजिक सञ्जालमा यतिबेला उनको चर्चा चुलिएको छ ।

अझ बिशेषगरि प्लास्टिकको बकेटमा यमाललाई उनकी आमाले नुहाइदिइरहेका बेला मेस्सी उनलाई समाउँदै मुस्कुराउँदै नुहाईदिएको फोटोले सबै दर्शको ध्यान केन्द्रित गरेको छ  । यमालका बुबाले उक्त तस्वीर राखेपछि बार्सा बजले सोही बेला खिचिएका अन्य तस्वीरहरु पनि सार्वजनिक गरेको छ ।  यमाल, मेस्सी जस्तै ला मासियाकै उत्पादन हुन् । उनी सन् २०१३ देखि ला मासिया बसेका थिए । उनले सन् २०२३ मा स्पेन र बार्सिलोना दुवै टोलीका लागि सिनियर टोलीमा डेब्यु गरेका हुन् । उनलाई नयाँ मेस्सीका रुपमा पनि चित्रण गर्ने गरिएको छ ।

अहिले सामाजीक सञ्जालभरि सानो मेस्सी भन्दै चर्चा चलिरहेको छ ।  मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएर फाइनल पुगेको छ  ।खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

तर, यो अग्रता लामो समय टिकेन । २१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि डानी ओल्मोले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।स्पेनन युवा स्टार यामलले १६ वर्ष ३६२ दिन हुँदा गोल गर्दै युरोमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए । यसअघि स्विट्जरल्याण्डका जोहान भोलनान्थेनले सन् २००४ को युरोमा फ्रान्स विरुद्धनै १८ वर्ष १४१ दिनको हुँदा गोल गरेका थिए ।  चौथोपटक युरो जित्ने लक्ष्यमा रहेको स्पेनले अब नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । युरो २०२४ मा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा स्पेनका युवा खेलाडीले नयाँ इतिहास रच्न सफल भएका छन् । यामाल युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन् ।

यामाल युरो खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनी जुलाई १३ मा १७ वर्षको पुग्नेछन् । उनी जारी युरोमा सबैभन्दा बढी गोलको अवसर सिर्जना गर्ने खेलाडी पनि रहेका छन् । उनले हालसम्म ३ वटा एसिस्ट गरेका छन् ।  यमालले  स्विट्जरल्यान्डका जोहान भोन–लान–थेनको रेकर्ड तोडेका हुन् । भोलान्थेनले सन् २००४ को युरोमा १८ वर्ष १४१ दिनको उमेरमा गोल गरेका थिए । उनले पनि फ्रान्सविरुद्ध नै गोल गरेका थिए ।