Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फिल्म 'खुस्मा' को प्रदर्शन मिति तय, असोज ३ गते प्रदर्शन गर्ने घोषणा

फिल्म 'खुस्मा' को प्रदर्शन मिति तय, असोज ३ गते प्रदर्शन गर्ने घोषणा

काठमाडौँ । फिल्म 'खुस्मा' को प्रदर्शन मिति तय गरिएको छ ।

निर्माण पक्षले खुस्मा' आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् । धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको खुस्मा' लाई अशोक थापा मगरले निर्देशन गरेका हुन् । माया पिरति (लभ स्टोरी) को कुरालाई बढि प्राथमिकतामा राखिएको उक्त फिल्ममा धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ ।

फिल्मलाई निर्देशक अशोकले नै लेखेका हुन् भने स्क्रिनप्ले पनि उनकै रहेको भनिएको छ ।