Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अन्जु पन्तको ‘घात भयो’ सार्वजनिक

अन्जु पन्तको ‘घात भयो’ सार्वजनिक

काठमाडौँ ।  प्रेममा दर्दनाक पीडा भोगेकी गायीका अन्जु पन्तले यो गीत मार्फत आफ्नो पिडालाई व्यक्त गरेकी छिन । सुमधुर श्वरकी धनी गायीका पन्तले हाजारौं लोकप्रिय गीत गाई सकेकी छिन ।

सायदै उनका गीत नसुन्ने कोहि छैनन होला । अन्जुको नविर्से तिमीलाई नपाए तिमीलाई पछिको दर्शकले खोजे जस्तो गीत ‘घात २’ गाएकी हुन । यो गीत आज मात्रै बजारमा आईसकेको छ । अन्जुले यो गीतले मान्छेले जस्तो परिस्थीतिमा पनि बाँच्नु पर्छ भन्ने सन्देश दिएको बताएकी छिन् । उनले आफुलाई पनि यो गीतले थप उर्जा दिएको बताएकी छिन् । मान्छे ज्युनको लागी संसारमा आएको भन्दै उनले आफ्नो जिवको लागी एउटा महत्वपुर्ण क्षण भएको पनि बताएकी छिन् । हजारौ गीतमा स्वर भरीसकेकी अन्जु लाखौं रुपयाँको अफर आउदा पनी अभिनय भनी गर्न मान्दिनन् । तर संयोग भर्खरै सार्वजनीक भएको घातभयो २ लाई उन्ले श्वर संगै अभिनय पनी गरेकी छिन। जिन्दगीमा पहिलो पटक उनी निक्कै भावुक हुँदै अभिनयमा उत्रिएकी हुन । आफु पनी प्रेममा धोका खाएको हुनाले उनलाई यो गित निकै छोएको हामीले उनको अभिनयबाटै पनि देख्न सक्छौँ । गितकार दिपक बस्नेतले यो गीतको शब्द कोरेका हुन् । हृदयलाई तरंगीत तुल्याउने संगीत भरीदिए शिव अनुरागले ।

संगीतको सागरमा डुबुल्कि मार्दै कोईलीको जस्तो आवाज भरिन अन्जुले । आफ्नो अतित लाई सम्झेर बाभुक हुदै अभिनय गरेको दृष्य भिडीयोमा छर्लङ्ग देख्न सकिन्छ । उन्को गित प्रेममा धोका खानेहरुको प्रतीविम्ब बनेर युटुबमा गुञ्जीएकोछ । हो साच्चै, एउटी स्त्रिले आफ्नो प्रेमीलाई प्रेममा चुर्लुम्म डुब्दै गएसी सर्बस्व सुम्पिदिन्छिन । विश्वास गर्छिन, भरमा पर्छिन, जिन्दगी संगसंगै जिउने तरखर गर्छिन । तर मायाको नाटक गरेर प्रेमी एकाएक फरार हुन्छ । सम्बन्धमा दरार आउँछ । अनी चोखो मायाँ आफैलाई रेट्ने तरवार बनेर आउँछ । जीन्दगी बेघरबार बन्छ । गीत त्यहि परिस्थीतिलाई समेटेर बनेको छ । गीतका शब्द शब्दले हृदयलाई तरंगीत बनाउछ । अन्जुले धोकेवाजलाई पग्लिएरै सकिनेछु तिम्रो तलतल मेटमउन भन्दै आँशुमा डुब्ने संकेत गरेकीछीन । यद्यपी गीतको सबभन्दा शक्तिशाली अन्तरा, मृत्युले नी कयौंपल्ट जाम भनेर हत्ते गर्दा पनि सत्य सकिदैन भन्ने देखाउनको लागी बाच्नै पर्छ भन्ने सन्देश दिएको छ । गायीकाले गितको निष्कर्षमा सत्यको पक्षमा बाँचेर संघर्ष गरेर देखाउनी प्रण गरेकी छिन ।

बरिष्ठ संगीतकार किरण कडेलको मिक्सिङ, चलचित्र निर्देशक सुव्रत आचार्यको उत्कृष्ठ निर्देशन साथै भिडियोमा बिष्णु खड्काको सम्पादन र पोस्टर डिजाईन, दिनेश पराजुलीको छाँयाङकनले गीतलाई थप शसक्त बनाएको छ । घातभयो गीतलाई पुरुष आवाज चर्चीत गजल गायक बालकृष्ण खनालले दिएकाछन । गीत दिप क्रियटिभ युटुव च्यानल बाट आज मात्रै सार्वजनीक भएको छ ।