Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

क्रिकेटमा के नेपालले भोली आफ्नो प्रतिष्ठा जोगाएर १० वर्षअघि बंगलादेशले दिएको त्यो घाउको बदला लिन्छ या निरिह बनेर घर फर्किन्छ ?

क्रिकेटमा के नेपालले भोली आफ्नो प्रतिष्ठा जोगाएर १० वर्षअघि बंगलादेशले दिएको त्यो घाउको बदला लिन्छ या निरिह बनेर घर फर्किन्छ ?

काठमाडौं । २०८१ असार २ गते

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा लगातार हार बेहोरेको नेपालका लागी भोली प्रतिष्ठाको खेल हुदै छ । १० वर्ष पछि विश्वकपमा पुगेको नेपालको विश्वकपको यात्रा भने भोलीबाटै सकिदै छ । तर, पनि भोलीको आफ्नो खेलमा नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशलाई हराउनु पर्ने दबाब पनि छ । भोली नेपाली टोलीले आफ्नो चौथो खेल खेल्दैछ । यो खेल नेपालभन्दा पनि बंगलादेशका लागि महत्त्वपूर्ण छ ।

नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिइसकेकाले नेपालका खेलाडिले अब आफ्नो प्रतिष्ठा जोगाउछन् या हार ब्यहोरेर नेपाल फर्कन्छन् त्यो भने भोलीको खेलले निर्धारण गर्ने नै छ ।नेपाली टोली पुरानो चोटको बदला लिने र आफ्नो प्रतिष्ठा जोगाई राख्ने उद्देश्यका साथ मैदानमा उत्रिदै छ । तर, बंगलादेश भने नेपालविरुद्धको खेलमा ‘गर या मर’ को स्थितिमा नै रहने छ । हालसम्म विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने सातवटा टोलीको टुङ्गो लागिसकेको छ । बाँकी एक टोलीको टुङ्गो लाग्न बाँकी छ । विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने अन्तिम टोली बन्न बंगलादेश र नेदरल्यान्ड्स दौडमा छन् ।

नेपाल र बंगलादेशबिचको खेल बिहान ०५ः१५ बजे सुरु हुनेछ । उक्त खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा खेलिने छ । नेपाल उपाधि होडबाट बाहिरीए पनि समर्थकले भने साथ छाड्का छैनन । हिजो नेपाल एक रनले मात्रै पराजित हुदाँ नेपाली क्रिकेट प्रेमीहरुको रुवाबासी भएको थियो । भोली तिनै क्रिकेट प्रेमीका लागी भए पनि नेपालले जित्नै पर्ने छ । यतिबेला नेपालको चर्चा विश्वभर छ । अनेक चुनोतिका बाबजुत पनि नेपाल विश्वकमा पुगेको छ । त्यो पनि एउटा ठुलो उपलब्धि नै हो । तर, पनि विश्वकप सम्म पुगेको नेपाललाई सहज भने छैन । सोमबार नै नेदरल्यान्ड्स र श्रीलंकाबिच अर्को खेल हुँदैछ । नेदरल्यान्ड्स र श्रीलंकाबिचको खेल भने सोमबार बिहान ०६ः१५ बजे सुरु हुनेछ ।

यो खेल पनि क्यारेबियन राष्ट्र सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट स्टेडियममा खेलिने छ । यी चारवटै टोली प्रतियोगिताको समूह ‘डी’ मा छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसीद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलंका आठौँ र बंगलादेश नवौँ स्थानमा आसीन छन् । उक्त वरीयतामा नेदरल्यान्ड्स १५औँ र नेपाल १७औँ स्थानमा रहेका छन् । समूहमा आठ अङ्कसहित दक्षिण अफ्रिका पहिलो, चार अङ्कसहित बंगलादेश दोस्रो र दुई अङ्कसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा आसीन छन् ।

एक अङ्क बटुलेको नेपाल र समान अङ्क जोडेको श्रीलंका भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । दक्षिण अफ्रिका यसअघि नै प्रतियोगिताको ‘सुपर–८’ चरणमा प्रवेश गरिसकेको छ । दक्षिण अफ्रिकामा  जारी विश्वकपमा  ‘सुपर–८’ चरणमा पुग्ने पहिलो टोली पनि हो । आइतबारको खेलमा नेपाललाई पराजित गरे बंगलादेश ६ अङ्कसहित सजिलै ‘सुपर–८’ चरणमा पुग्नेछ ।