काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ५७२ जना सर्वसाधारण लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा पुरानो बानेश्वर भिमसेनगोला स्थित लोयला सेकेण्डरी स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका स्थानीयले स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा ६५ जनाको इसिजी, ७७ जनाको ल्याब परीक्षण, १०३ जनाको भिडियो एक्सरे तथा १७ जनाको दाँत खोलिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरबाट थप उपचारका लागि ३२ जनालाई ओ.टी. रेफर गरिएको छ । रेफर गरिएकाहरुलाई केएमसीको स्वास्थ्य सेवामा छुट समेत दिइने गरिएको छ ।
शिविरमा केएमसीका चिकित्कसहरुले नाक, कान, घाँटी, स्त्री रोग, जनरल मेडिसिन सेवा, दन्त रोग, नसा तथा हाडजोर्नी, बाल रोग लगायतका सेवाहरु दिएका थिए ।
सांसद शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत लामो समयदेखि शहरदेखि दूरदराजका गाउँहरुमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेका छन् । आम नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन् भन्ने हेतूले उनले निःशुल्क स्वास्थ्य शिविर च