Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिशको आमाको स्ट्याटस- जुन छोराले खेलेपनि देशले जित्नु पर्छ

प्रतिशको आमाको स्ट्याटस- जुन छोराले खेलेपनि देशले जित्नु पर्छ

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने विश्वकपमा ब्याक भए संगै प्रतिश जिसी ट्राभलिङ रिजर्भमा तानिएका छन् । अहिले अमेरिकामा भएको एक खेल प्रतिशले खेलि सकेका छन् भने बाँकी एक खेल पनि उनले खेल्ने छन् । क्यानले प्रतिशलाई रिजर्भमा राख्दै सन्दीपलाई टीममा समावेश गरेको हो । उनी ट्राभलिङ रिजर्भमा भएपनि नेपाली टोलीसँगै वेष्टइन्डिज पनि जानेछन् । यदि टीममा कुनै सदस्य घाइते भएमा र खेल्न नसकेमा प्रतिसले खेल्न पाउने छन् ।

तर, उनको ठाउँमा सन्दिपले खेल्ने भए संगै प्रतिकी आमा प्रतिभा जिसीले भाबुक स्ट्याटस पोस्ट गरेकी छिन् । उनले आफ्नो छोराको ठाउँमा सन्दिपलाई पठाएकोमा पनि खुसी ब्यक्त गरेकी छिन् । उनले जुन छोराले खेलेपनि देशले जित्नु पर्ने बताएकी हुन् । आमा हुन् आफ्नो सन्तान केहि पछाडि पर्दा नरमाईलोत लागी हाल्छ नी तर, पनि उनले सन्दिपलाई सुभकामना ब्यक्त गरेकी छन् । सबै खेलाडि आफ्नै छोरा भएको बताएकी हुन् । उनले सामाजीक सञ्जालमा लेखेकी छिन् ।

जुन ११ फ्लोरिडा मा हुनगइरहेको नेपाल खक श्रीलंका को गेम हेर्न जाँदै थिए। यो न्युज आउँदा म प्लेनमा थिए। ल्यान्ड भइसकेपछि मोबाइल पनि हेर्न पाएको थिएन राति निकै ढिला भइसकेको थियो। ढिला समाचार सुने। बाबुले पनि केही भनेको थिएन। एकैचोटि समाचार सुन्दा मनभारी भयो,फेरि सन्दीप टिममा हुँदा मन खुसी भयो। मैले नबुझेको पनि हुनसक्छु , मनमा लागेको कुरा चाहिँ स्पिनर बलरको सब्सीच्युट लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ ? त्यो चाहिँ बुझ्न सकिन , तर यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडी हरु हाम्रै छोरा हुन्, यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ। जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ। सन्दिप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु 🙏 नेपाल किर्केट टिम एउटा परिवार हो यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो। सन्दिप लाइ शुभकामना ।

उनले दाई र भाई जस्ले खेले पनि देशले जित्नु पर्ने बताएकी हुन् । प्रतिश जिसी नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ अलराउन्डर हुन् । उनी दायाँहाते ब्याट्सम्यान हुन् भने बलिङ बायाँ हातले गर्छन् । प्रतिशले देशका लागि हालसम्म तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय र १० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । प्रतिश जिसीले सन् २०२३ को अक्टोबर २१ तारिखमा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । प्रतिश जिसीले हालसम्म पाँचवटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनले दुई विकेट लिएका छन् । लिस्ट ‘ए’ प्रतियोगिताको तीन पालीमा उनले कुल ४५ रन पनि बनाएका छन् ।